निसीखोला जीप दुर्घटनामा एमाले ढोरपाटनका अध्यक्ष पौडेलको मृत्यु

आदर्श अनलाइन, बागलुङ
निसीखोलामा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ढोरपाटन नगरपालिका वडा नम्बर १ का ४७ वर्षीय ऋतुवर्ण पौडेलको मुत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो ।

मंगलबार साँझ ६ बजे निसीबाट बुर्तिबाङ तर्फ आउँदै गरेको लु १ त ९४८० नम्बरको पिकअप जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । पौडेल नेकपा एमालेका ढोरपाटन नगर अध्यक्ष समेत हुनुहुन्छ । यस्तै दुर्घटनमा एक जना गम्भिर घाइते भएका छन् ।

घाइते हुँनेमा तिलोत्तमा नगरपालिकाका ३८ वर्षका सुरेश थापा रहनुभएको छ । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । मृतक पौडेलले जीप आफै चलाएको स्थानीयले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *