३ दिने गुनासो सुनुवाइ संयन्त्र गठन तथा व्यवस्थापन सम्बन्धि तालिम

रोहन जि.सी, बागलुङ
जैमिनी नगरपालिका र काठेखोला गाँउपालिकाका शिक्षक तथा कर्मचारीहरुको लागि ३ दिने गुनासो सुनुवाइ संयन्त्र गठन तथा व्यवस्थापन सम्बन्धि तालिम मंगलबार सम्पन्न भएको छ ।

हेम्पेल फाण्डेसन र भिएसओ नेपालको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय संस्था विवाईसी बागलुङको व्यवस्थापनमा संचालित सिकाइ परियोजना अन्तर्गत शिक्षक तथा कर्मचारीहरुका लागि आयोजना गरिएको तीन दिने शिक्षण सिकाइमा विभिन्न विद्यालयका प्रअ, शिक्षक तथा पालिका शिक्षा एंवम् महिला तथा बालबालिका शाखाका कर्मचारीहरुको लागि ३ दिने गुनासो सुनुवाइ संयन्त्र गठन तथा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज शर्माले प्रशिक्षण कार्यक्रमबाट प्राप्त गरेका सिप, ज्ञानलाई आगामी दिनमा सदुपयोग गर्न आव्हान गर्नु भएको थियो । शर्माले तालिमबाट प्राप्त गरेका कुराहरु आफुलाई मात्र नभएर शिक्षण क्षेत्रमा संलग्न सबैलाई यसको आवश्यकताको बारे समुदायमा जानकारी दिनु महत्वपुर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षा तथा मानव श्रोत विकास केन्द्र भक्तपुरका विज्ञ मनुजा बराल, विवाईसी बागलुङका कोषाध्यक्ष गंगा शर्मा, जैमिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख खेम प्रसाद आचार्य, सहभागिहरुको तर्फबाट प्रअ चन्द्रकान्त आचार्य, काठेखोला गाँउपालिका महिला तथा बालबालिका शाखाका रश्मी गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिममा जैमिनी नगरपालिका र काठेखोला गाँउपालिका अन्तर्गत विभिन्न विद्यालयका प्रअ तथा शिक्षकहरु, शिक्षा शाखा, महिला तथा बालबालिका शाखाका कर्मचारीहरु, सामुदायिक स्वंयमसेविका, भिएसओ नेपाल तथा विवाईसी बागलुङका कर्मचारीहरुको सहभागीता रहेको बिवाईसी बागलुङका परियोजना संयोजक पोष्ट के.सीले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा शिक्षा तथा मानव श्रोत विकास केन्द्र भक्तपुरका विज्ञ मनुजा बरालले सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रम विवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माको अध्यक्षता र अनुगमन तथा मुल्याङ्कन अधिकृत बिमल शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *