धम्जामा काँग्रेससहित चार दलको चुनावी गठबन्धन

आदर्श अनलाइन, बागलुङ
स्थानीय तह निर्वाचन नजिकिदै गर्दा दलहरु आ—आफ्नो पोल्टामा निर्वाचन परिणाम पार्न प्रयासरत छन् । कठै गठबन्धन गरेर कतै एकलौटी जसरी भए पनि निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिमा दलहरु देखिन्छन् । नेपाली काँग्रेसको नेतृत्वमा केन्द्रमा सत्ता गठबन्धन बनेको छ । त्यही गठबन्धन जिल्ला र स्थानीय तहमा कायम रहन्छ रहन्न भन्ने छलफल र बहसहरु चलिरहेका छन् ।

यही मौका जिल्लाको काठेखोला गाउँपालिका—३ धम्जामा सत्ता साझेदार दलहरुबीच चुनावी गठबन्धन गरेर अगाडि बढ्ने सहमति भएको छ । धम्जामा क्रियाशील नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका स्थानीय नेताहरुको बैठकले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने सहमति जुटाएको हो । नेपाली काँग्रेस धम्जाका सभापति दीपेन्द्र रानाको संयोजकत्वमा गठबन्धन भएको हो । गठबनधनले नेपाली काँग्रेस काठेखोला गाउँपालिका सचिव देबेन्द्र खड्काको संयोजकत्वमा तीन सय एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

नेपाली काँग्रेस काठेखोला गाउँपालिका सचिव देवेन्द्र खड्का, नेपाली काँग्रेस धम्जाका सभापति दीपेन्द्र राना, नेकपा माओवादीबाट निर्वाचित वडा सदस्य नैनाकरी खड्का, काठेखोला गाउँपालिकाका वडाध्यक्ष एवं नेकपा एसका जिल्ला सचिवालय सदस्य यामबहादुर श्रीस, जिल्ला सचिवालय सदस्य ननिव थापा, नेकपा एसका धम्जा अध्यक्ष सुन्तली विश्वकर्मा, युवा संघ प्रदेश सदस्य चित्रबहादुर घर्ती, विक्रम विक, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य एवं धम्जा अध्यक्ष पूर्णबहादुर थापा, प्रतिनिधि रिमबहादुर थापा लगायतको बैठकले आगामी निर्वाचनमा संयुक्त उम्मेदवार छनोट गरी गबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेको हो ।

गठबन्धनबाट वडाध्यक्ष लगायत सदस्यहरुको उम्मेदवार कसलाई बनाउने भन्ने विषय टुंगो लाग्न बाँकी रहेको बताईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *