यौन हिंसा आरोपमा मेडिकल सञ्चालक पक्राउ


आदर्श अनलाइन, बागलुङ
२७ वर्षीया युवतीलाई यौनजन्य हिंसा गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले एक जना मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ ।

बागलुङ बजारमा विजया आयुर्वेद फर्मा सञ्चालन गर्दै आएका ४९ वर्षीय रमाकान्त सापकोटाले चैत १४ गते उपचार गर्ने बहानामा पीडित युवतीलाई यौनजन्य हिंसाको प्रयास गरेको भन्दै प्रहरीले सापकोटालाई पक्राउ गरेको हो ।

पीडित युवतीले आरोपित सापकोटा विरुद्ध चैत १४ गतेनै प्रहरीमा उजुरी दिएकी थिइन् । पीडितको उजुरीको आधारमा सापकोटालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्लाप्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक विजयभण्डारीले जानकारी दिनुभयो ।

पीडितको चैत १५ गते धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परिक्षण गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *