‘उप र चुप’मा बस्दैनौ, अधिकारको लागि पार्टी भित्र संघर्ष गर्छाैं

आदर्श अनलाइन, बागलुङ
बागलुङका महिला नेतृहरुले आउँदै गरेको स्थानीय तह निर्वाचनमा आफुहरु नेतृत्व लिनको लागि तयार रहेको बताएका छन् ।

बुधबार अन्तरपार्टी महिला सञ्जालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनिहरुले संविधानमा भएको व्यवस्था अनुसार मुख्य पदमा फरक लिङ्ग अनिवार्य गर्नको लागि तत् पार्टीहरुमा दबाब सिर्जना गर्ने बताएका हुन् । उनिहरुले आफुहरु जुन जुन पार्टीमा भएपनि बागलुङ जिल्लाका १० स्थानीय तहका प्रमुख सहित ८५ वटै वडामा महिला नेतृत्व स्थापित गर्नको लागि एकतावद्ध भएर दबाब दिने बताए ।

२०७४ सालको निर्वाचनमा गठबन्धनको नाममा गठबन्धनको नाममा संविधानमा भएको व्यवस्था समेत कार्यान्वयन नभएर महिलाहरु अन्यायमा परेको भन्दै उनिहरुले बागलुङ जिल्लामा बाम वा लोकतान्त्रीक जुन गठबन्धन भएपनि प्रमुख र उपप्रमुखमा फरक लिङ्ग अनिवार्य गर्नुपर्ने बताए । पार्टी पंतीले महिला नेतृत्व अस्विकार गर्ने परिस्थिती बने आफुहरु बागी लडन समेत तयार रहेको उनिहरुको भनाई थियो ।

म आए महिला, अरु आए जो सुकै हुन् भन्ने मानसिकता सबैले त्यागेर आफुहरु अन्तरपार्टी महिला सञ्जालको माध्यमबाट साझा धारण बनाउँदै अगाडी बढेको भन्दै उनिहरुले आगामी निर्वाचनमा जबरजस्त रुपमा महिला नेतृत्व स्थापित गरेरै छोड्ने बताए । पुरुषको तुलनामा महिला मतदाता धेरै रहेको भएपनि सधै पुरुष उम्मेदवारको लागि मत माग्ने र मत राख्ने काममा मात्र महिलाहरु परिचालन र परिचालित भएको भन्दै अव मनस्थिती बदलेर परिस्थितीको सामना गर्न आफुहरु तयार रहेको उनिहरुको तर्क थियो ।

महिलाहरु अहिलेसम्म सत्ता, शक्ति र पहुँचको आधारमा पेलिएको भन्दै उनिहरुले अबको दिनमा पहुँच पु¥याउँदै सत्ता महिलाको भागमा ल्याएर शक्तिलाई सहि ठाउँमा परिचालन गर्ने बताएका थिए । आफुले आफुलाई विश्वास गर्दै पार्टी भित्रको लडाँई जित्न सके निर्वाचन यसै जित्न सकिने भन्दै उनिहरुले महिला नेतृत्व स्थापित गर्न यो त्यो पार्टी नभनी महिला भएर लाग्ने बताएका थिए ।

उनिहरुले महिलालाई पार्टीले टिकट दिए मतभेदको अन्त्य गरि अवसरको विभाजन गरेर निर्वाचन आयोगले दिएको म्यान्डेट भित्र रहेर चुनाव सम्पन्न गर्न आफुहरु सक्षम रहेको बताएका थिए ।

पत्रकार सम्मेलनमा अन्तरपार्टी महिला सञ्जालका सल्लाहकार शकुन्तला शर्मा, बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटा, नेकपा एमाले प्रदेश सचिवालय सदस्य ममतादेवी शर्मा, बागलुङ नगर कार्यपालिका सदस्य लक्ष्मी बोहोरा, नेपाल महिला संघका सचिव उषा पौडेल, महिला नेतृ गंगा शर्मा, शान्ति ज्ञवाली, सीता शर्मा, शिवकला थापा र गीता श्रीषले बोल्नुभएको थियो । कार्यक्रम अन्तरपार्टी महिला सञ्जाल बागलुङका अध्यक्ष कुशुम बुढाको अध्यक्षता, उपाध्यक्ष भगवती केसीको स्वागत तथा सचिव पिङ्गला जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *