काठेखोला–५ को वडा कार्यालय भवन निर्माण

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ को वडा कार्यालय भवन निर्माण भएको छ । रु. ८० लाखको लागतमा सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गरेर बुधबारदेखि सेवा दिन थालिएको छ ।

भाडामा बस्दै आएको वडा कार्यालय स्थापनाभएको पाँच वर्ष पछि आफ्ने भवनबाट सेवा दिन थालेको वडा अध्यक्ष शिव कंडेलले जानकारी दिनुभयो । संघीयता कार्यान्वयनपछि साविक बिहुँ गाविस दुई वडामा विभाजन भएपछि भाडाको घरबाट सेवा दिदै आएको थियो ।

अहिले स्थानीय हरिप्रसाद कंडेलले निःशुल्क दिएको चार रोपनी बिहुँ पोखरामा स्थितको जग्गामा वडा कार्यालय निर्माण गरेको वडा अध्यक्ष कंडेलले जानकारी दिनुभयो । “मध्यपहाडी लोकमार्ग छेउको छाप्रो मासिक सात हजार भाडामा लिएर सेवा दिएका थियो” वडा अध्यक्ष कंडेलले भन्नुभयो “कम्तिमा पाँच वर्षमा आफ्नै भवनमा सरेर सेवा दिनेछौं भन्ने थियो, त्यो पुरा भएको छ, आफ्नै वडा कार्यालयले बुधबारदेखि सेवा दिन थालेको छ ।”

उहाँले फराकिलो तथा सुविधा सम्पन्न भवनबाट जनतालाई सेवा दिन सहज भएको वडा अध्यक्षको भनाई रहेको छ । गण्डकी प्रदेश सरकारको रु.२५ लाख, वडा कार्यालयको रु. ५० लाख र काठेखोला गाउँपालिकाको रु ५ लाख गरी रु. ८० लाखको लागतमा भवन निर्माण गरिएको हो ।

वडा कार्यालयको भूइतलामा ३०० जना क्षमताको सभा हल र उपल्लो तलामा प्रशासनीक कार्यालय रहेको वडा कार्यालय भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष गोविन्द बिकले जानकारी दिनुभयो । बिकका अनुसार वडा कार्यालय अझै एक तला थप गर्ने तयारीमा छ । मध्यपहाडी लोकमार्ग छउँमा रहेको वडा कार्यालय लोकमार्ग कालोपत्रे नहुँदा धुलाम्मे भएर सेवा दिनै कठिन रहेको थियो । अव जनतालाई सेवा दिन सहज भएको र भाडा तिर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *