‘पढ्दै कमाउदै कार्यक्रम’मा बागलुङका तीन विद्यालय छनोट

आदर्श अनलाइन, बागलुङ
पढ्दै कमाउदै कार्यक्रम अन्र्तगत बागलुङका तीन विद्यालय छनोट भएका छन् । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउदै कार्यक्रमका लागि चैत १६ गते छनोट गरेको १४० सामुदायिक विद्यालय अन्र्तगत बागलुङका तीन विद्यालय छनोटमा परेका छन् ।

प्राविधिक विधा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने गरी कार्यविधि तयार गरेको थियो । सोही अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना प्रकाशित गरी आवेदन माग गरेकोमा बागलुङका तीन विद्यालय छनोटमा परेका छन् ।

प्रत्येक जिल्लाबाट कम्तिमा एक विद्यालय र बढीमा पाँच विद्यालय छनोट गरिएको पढ्दै कमाउदै कार्यक्रम अन्र्तगत बागलुङको गलकोट नगरपालिकाको गलकोट माध्यामिक विद्यालयमा कृषि, ताराखोला गाउँपालिका स्थित अर्गल माध्यामिक विद्यालयमा कृषि तथा पशुपालन र निसीखोला गाउँपालिका स्थित ज्ञानेन्द्र माध्यामिक विद्यालयमा पशुपालन कार्यक्रम अन्र्तगत छनोट भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलका प्रेस संयोजक विमल खड्काले जानकारी दिनुभयो ।

पढ्दै कमाउदै कार्यक्रममा छनौट भएका विद्यालयले तत्कालै रु. १० लाख पाउने छन् भने अन्य कार्यक्रम कार्यविधि तयार गरेर लागू गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *