प्रेस युनियनको साधारण सभा बैशाखको पहिलो साता

आदर्श अनलाइन, बागलुङ
नेपाल प्रेस युनियन बागलुङले आगामी बैशाख पहिलो साता आफ्नो साधारण सभा गर्ने भएको छ । युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले बैशाख ४ आईतबारको दिन साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाकै अवसरमा युनियनले स्थापना गरेका विभिन्न प्रत्रकारिता पुरस्कार वितरण गर्नुका साथै ‘प्रेस स्पन्दन’ समेत प्रकाशन गर्ने अध्यक्ष पन्तले जानकारी दिनुभयो ।

बैठककै अवसरमा हालै नेपाली काँग्रेसको जिल्ला अधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित हुने युनियनका केन्द्रीय पार्सद श्रीधर कंडेल र जिल्ला सदस्यमा मनोनित युनियनका पुर्व अध्यक्ष जगन्नाथ आचार्यलाई बधाई तथा सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रेस युनियनका केन्द्रीय सदस्य ज्ञानेन्द्र गौतमले युनियन पत्रकारिता क्षेत्र सँगै नेतृत्व विकासका लागि पनि अब्बल संस्था भएको बताउनुभयो । उनले युनियनले हरेक पत्रकारको हकहितका लागि निन्तर खबरदारी गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष श्रीधर कंडेल युनियनका पुर्व अध्यक्ष एवं काँग्रेसका जिल्ला सदस्य जगन्नाथ आचार्यले पत्रकारिता क्षेत्रबाट क्रियाशिल रहँदा पार्टी तहको नेतृत्वमा पुगेको बताए । उनिहरुले पार्टीमा रहँदा पनि युनियन प्रति सधै सदभाव हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कंडेल युनियनका उपाध्यक्ष संगम घर्ति, सुवास आचार्य, सदस्य नवराज नेपाली, डम्मर बुढा मगर, राजन रेग्मी लगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रम युनियनका अध्यक्ष प्रदिप पन्तको अध्यक्षता र सचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *