बागलुङमा खुल्ला फुटसल प्रतियोगिता शुरु

रोहन जि.सी, बागलुङ
बागलुङमा खुल्ला फुटसल प्रतियोगिता शुरु भएको छ । भान्जा गु्रप बागलुङको आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो चरणको खेलबाट शुक्रबार ८ टिम दोस्रो चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा उपल्लाचौर क्लव समयमा उपस्थित हुन नसक्दा आयोजक भान्जा गु्रप बागलुङ (ए) स्वत विजयी भएको हो । दोस्रो खेलमा हाई हाइकर्स क्लबले चिल्ड्रेन लाईफ स्पोट्र्स क्लबलाई ५–३ गोल अन्तरले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले दोस्रो हाफमा गोल गरेका थिए । हाई हाइकर्स क्लबको लागि इश्वर बोहोराले १, ओम मगरले १ र मनिक गुरुङले ३ गोल गर्दै जित हासिल गरेको हो । चिल्ड्रेन लाईफ स्पोट्र्स क्लबको लागि आकाश के.सी, सचिन के.सी र अभिषेक श्रीपालीले समान १ गोल गरेपनि हार व्येहोर्नु परेको हो ।

No description available.

तेस्रो खेलमा विर गोर्खाली क्लब र अन्नपुर्ण सर्जिकललाई १२–४ गोलको अन्तरले पराजित गरेको हो । चौँथो खेलमा मुलपानी फुटबल क्लबलाई गुठी युनाईटेड क्लब (बि) ले ३–५ गोलले जित हासिल गरेकोे हो । पाँचौ खेलमा गुठी युनाईटेड क्लब (ए) ले मुलपानी फुटबल क्लबलाई ९–३ गोलले जित हासिल गरेकोे हो । छैठौँ खेलमा अतिरिक्त समय भित्र न्यु रोड बागलुङ स्पोट्र्स क्लब र रस हावर फुटसलले ५–५ गोल गरी बराबर भएपछि पेनाल्टी सुटआउटमा न्यु रोड बागलुङ स्पोट्र्स क्लबले जित हासिल गरेकोे छ । सार्तौ खेलमा लाल दुर्गा फुटबल क्लबले भाग्य लक्ष्मी सुनचाँदी पसललाई २–१ गोलले पराजित गरेकोे छ ।

No description available.

र आठौँ खेलमा प्रतिक निर्माण सेवाले आयोजक भान्जा गु्रप बागलुङ (बि) लाई ९–३ गोलले पराजित गरेकोे छ । उक्त प्रतियोगिता रस हावर फुटसल बागलुङ नगरपालिका – ३, गुठी, बागलुङको मैदानमा चैत्र १८–१९ गते सम्म सन्चालन हुने र सो खूल्ला प्रतियोगितामा १६ टिमको सहभागिता रहेको भान्जा गु्रप बागलुङका रोशन खत्रीले जानकारी दिनुभयो ।

No description available.

प्रतियोगिता विजेता टोलीले घोर्ले बोका, मेडल, ट्रफी र प्रमाण पत्र र दोस्रो टोलीले ट्रकी र कालिज, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडी पनि पुरस्कृत हुन भान्जा गु्रप बागलुङका रन्जन खत्रीले जानकारी दिनुभयो ।

No description available.
No description available.
No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *