सहकारी दिवसमा रक्तदान

आदर्श अनलाइन, पोखरा
६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार जिल्ला सहकारी संघ कास्कीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमारले सहकारीले आर्थिक मात्र नभएर समाजमा प्रत्यक्ष रुपमा सकरात्मक प्रभाव पार्ने काम गरेको बताउनु भयो । उहाँले सहकारीको मर्म अनुरुप सहकारी संस्थाले काम गनुपर्ने भन्दै देशलाई आर्थिक रुपमा सवल बनाउन पनि सहकारीनै आवश्यक रहेको बताउनुभयो ।

रक्तदान कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका सञ्चालक समिति, कास्कीका विभिन्न सहकारी संस्थाका संचालक तथा कर्मचारीहरुले रक्तदान गर्नुभएको थियो । उक्त कार्यक्रममा १ सय ४४ युनिट रगत संकलन भएको महासचिव दिपक बास्तोलाले जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका सहिकारी समितिका संयोजक तेजनारण अधिकारी र नेफ्स्कुनका संचालक कमला गिरीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा ७ सय १ मुलसमारोह समितिका संयोजक तथा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाको अध्यक्षता, संघका बरिष्ठ उपाध्यक्ष छबिलाल लामिछानेको स्वागत, उपाध्यक्ष अम्बिका गौतमको कार्यक्रम सम्योजन, महासचिव दिपक बास्तोलाको संचालनमा सम्पन्न भएको थियो ।

तीन दिवसीय कार्यक्रमको देस्रो दिन १९ गते सामाजिक क्षेत्र, मठमन्दिर, सहकारीका कार्यालयमा सरफाई कार्यक्रम र २० गते सहकारी सचेतना मुलक अन्तक्रिया कार्यक्रम र साझ दिप प्रज्वलन गरेर सहकारी दिवस मनाउने कोइरालाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *