लोकल मदिरा र गाँजाको प्रतिबन्ध फकुवा हुनुपर्दछ : मन्त्री कंडेल


आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्मा कंडेलले स्थानीय स्तरमा उत्पादन भएको कोदोको लोकल रक्सी (घरेलु मदिरा) तथा लागु औषधको रुपमा मानिदै आएको गाँजा निति बनाएर फुकुवा गनुर््पर्ने बताउनुभयो ।

बागलुङ उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री कंडेलले विदेशी मदिराले बजार ढाकेको समयमा लोकल मदिरालाई मात्रै बन्देज लगाउन नहुँने र औषधीय गुण भएको गाँजालाई बैध गरेर औषधी उत्पादनमा लगाउन सकेमा बल्ल समृद्ध देश निर्माण हुँने बताउनुभयो ।

मन्त्री कंडेलले नागरिकको जीवनस्तर संग जोडिएको घरेलु मदिरा र गाँजालाई बैध बनाउन सकेमा नागरिकको जीवन स्तरमा परिवर्तन आउने र गाउँको विकास हुाने बताउनुभयो । मन्त्री कंडेलले घरेलु मदिराको ब्राण्ड बनाउने र गाँजालाई फुकुवा गर्ने विषयमा आफूले संसदमा समेत पटक–पटक आवाज उठाएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *