भीमापोखरा कल्याण समाज बागलुङको अध्यक्षमा कार्की

रोहन जि सी, बागलुङ
भीमापोखरा कल्याण समाज बागलुङको प्रथम साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनवाट टीका वहादुर कार्कीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्वाचित भएको साथै २ जना पछि मनोनित गर्ने गरि निर्णय भएको छ ।

समाजको उपाध्यक्षमा वल वहादुर भण्डारी, सचिवमा डिल्लीराज उपाध्याय, कोषाध्यक्षमा राजु गौतम, सह सचिवमा शिव शर्मा, सदस्यहरुमा बालकृष्ण शर्मा, राजु निउरे, कोपिला उपाध्याय, अनिल शर्मा, छविलाल थापा, विष्णु थापा निर्वाचित हुनुभएको छ । कार्यक्रममा बधाई तथा शुभकामना मन्तव्य राख्दै प्रमुख अथिति काठेखोला गाँउपालिका अध्यक्ष अमर थापाले आत्मियतालाई स सम्मान गर्दै संस्थालाई कल्याणकारी काममा लाग्नुपर्ने वताउनुभयो ।

संस्थाले सामाजिक कार्य संगै नेतृत्व विकास समेत गर्ने भएकोले भीमापोखराका विभिन्न पेशा व्यावसायमा लागेका ब्याक्तहरुलाई आबद्ध गर्नुपर्न वताउनु भयो । कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका उप प्रध्यापक डिल्लीराज गौतम समाजसेवि कृष्ण वहादुर के सी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम समाजका अध्यक्ष टीका वहादुर कार्की को अध्यक्षता, उपाध्यक्ष वल वहादुर भण्डारीको स्वागत मन्तव्य र सचिव डिल्लीराज उपाध्यायको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *