भान्जा कप २०७८ फुटसल प्रतियोगिताको उपाधि गुठी युनाईटेडलाई

रोहन जि.सी, बागलुङ
बागलुङमा हालै सम्पन्न खुल्ला फुटसल प्रतियोगिताको उपाधि गुठी युनाईटेडले प्राप्त गरेको छ । भान्जा गु्रप बागलुङको आयोजनामा सुरु भएको प्रतियोगिता शनिबार भएको फाइनल खेलमा गुठी युनाईटेडले आयोजक भान्जा गु्रप बागलुङ (ए) लाई ५–४ गोलको अन्तरले उपाधि हात पारेको हो ।

प्रतियोगिताको फाइनल खेलमा गुठी युनाईटेड क्लबले आयोजक भान्जा गु्रप बागलुङ (ए) लाई ५–४ गोलको अन्तरले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले उत्कृष्ट प्रर्दशन गरेका थिए । गुठी युनाईटेड क्लबको लागि इश्वर श्रीसले १, सुनिल श्रीसले २, कप्तान खगेन्द्र छन्त्यालले १ र नरेन खत्रीले १ गोल गर्दै जित हासिल गरेको हो । आयोजक भान्जा गु्रप बागलुङ (ए) को लागि मनिष श्रेष्ठले ३ र धणेन्द्र क्षत्रीले १ गोल गरेपनि हार व्येहोर्नु परेको हो । दुवै टिमको आक्रमक प्रस्तुतीले दर्शकहरुको माहोल तताएको थियो ।

फाइनल खेलमा भान्जा गु्रप बागलुङ (ए)ले पहिलो हाफमा ४–१ को अग्रतालाई दोस्रो हाफको अन्तिम समयमा ४–४ बनाएको थियो । निर्धारित समयसम्म दुवै प्रतिस्पधी टिमले बराबर गोल गरेपछि २ मिनेट इन्जुरी समय थप भएको बेला अन्तिम ३० सेकेन्डको समय रहँदा गुठी युनाईटेड क्लबको लागि नरेन खत्रीले उत्कृष्ट गोलको अग्रताले जित पक्का गरेको हो ।

प्रतियोगितामा विजेता गुठी युनाईटेड क्लबले घोर्ले बोका, मेडल, ट्रफी तथा प्रमाण पत्र र त्यस्तै उपविजेता आयोजक भान्जा गु्रप बागलुङ (ए)ले ट्रकी र कालिज, मेडल, ट्रफी तथा प्रमाण पत्र प्राप्त गरेको छ । उक्त प्रतियोगिता रस हावर फुटसल बागलुङ नगरपालिका – ३, गुठी, बागलुङको मैदानमा सम्पन्न भएको र सो खूल्ला प्रतियोगितामा १६ टिमको सहभागिता रहेको भान्जा गु्रप बागलुङका रोहित सुनारले जानकारी दिनुभयो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधिले भान्जा गु्रप बागलुङ (ए) का कप्तान धणेन्द्र क्षत्रीे, सर्वोत्कृष्ट किप्पर गुठी युनाईटेड क्लबका सज्जन खड्का र सर्वोत्कृष्ट गोलकर्ता विर गोर्खाली क्लबका रमेश बि.सी (११ गोल) ले पुरस्कृत भएको भान्जा गु्रप बागलुङका रन्जन खत्रीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *