बागलुङमा मनाइयो सहकारी दिवस (तस्विर सहित)


सहकारीमार्फत स्थानीय तहको विकासमा जुटौ : नगरप्रमुख पौडेल

आर्दश अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले विपन्न समुदायको आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण माध्यम सहकारी भएकाले सहकारीमार्फत स्थानीय तहको विकासमा जुट्न आव्हान गर्नु भएको छ ।

६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आइतवार बागलुङमा आयोजित मुल समारोहको उद्घाटन पछि बोल्दै नगरप्रमुख पौडेलले यस्तो बताउनु भएको हो ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङ र बागलुङ नगरपालिकाको संयुक्त आयोजनामा सहकारीकर्मीहरुले बजार परिक्रमा पछि मुल समारोह सम्पन्न भएको हो । सहकारीले ग्रामिण समुदायमा वित्तीय पहुँच पु¥याउनुका साथै समाजमा मेल मिलाप कायम गर्न, आर्थिक स्रोतको पहिचान र परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, नगर प्रमुख पौडेलले भन्नुभयो–सहकारीले धेरै राम्रो काम गर्दा गर्दै पनि कतिपय सहकारीले सहकारीको मर्म विपरित काम गरेका कारण यो क्षेत्रले सोचेजति प्रतिफल दिन नसकेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीले सञ्चालन गर्ने व्यवसायलाई सदस्य केन्द्रीत बताउने, मर्यादित बनाउनुका साथै प्रविधिको अधिकतम उपयोग गरी सहज र सर्वसुलभ सेवा दिन सहकारीलाई सक्षम बनाउनु पर्नेमा जोड दिनुभयो । सहकारी लोकतन्त्रलाई स्थापित गर्ने महत्वपूर्ण स्थलका रुपमा रहेकोले महिला, दलित, जनजाती लगायत पछि परेको समुदायलाई आर्थिक रुपमा सवल र सामाजिक रुपमा सक्षम बताउन सहकारीको भूमिका बढाउनु पर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका सल्लाहकार दिपक गौतम, जिल्ला कृषि सहकारी संघका अध्यक्ष नर बहादुर थापा, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष पिंगला खड्का जिसीको स्वागत र बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

मुल समारोह पूर्व समिटचोकबाट शुरु भएको सहकारी संघ संस्थाका ब्यानर, प्लेकार्ड सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा ३ दिनसम्म आयोजित कार्यक्रम अन्तरगत पहिलो दिने बजार सरसफाई, दोस्रो दिन प्रविधिमा हुने जोखिम न्यूनिकरण (साइवर सेक्युरिटी तालिम) सम्पन्न गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *