गाउँ–गाउँका सहकारी निम्नवर्गको सारथी बनेका छन् : जिसी

आदर्श अनलाइन, पर्वत

राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी अञ्जुले गाउँ गाउँमा खुलेका सहकारी संस्थाहरुले स्थानीय सरकार सँगै निम्न वर्गका जनताको आर्थिक स्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पर्वतको मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । गाउँ गाउँमा छरिएर रहेको पूँजीलाई एकिकृत गरेर घर–घरमै रोजगारी सिर्जना गरेको भन्दै उहाँले सहकारी अभियानले धेरैको जीवन परिर्वतन गरेको बताउनुभयो । उहाँले गाउँ गाउँमा खोलिएकाले सहकारी निम्न वर्गको सारथी बनेको बताउनुभएको थियो ।

कार्यक्रममा मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाका जेष्ठ सदस्य कृष्णबहादुर खत्री, जलजला गाउँपालिकाका शिक्षा अधिकृत श्रीविक्रम आचार्य, नेकपा एमाले जलजला गाउँपालिकाका सचिव महेन्द्र रेग्मी, विद्याज्वती माध्यामिक विद्यालयका प्रअ रघुनाथ आचार्य, अमृत आदर्श माविका प्रअ इन्द्रबहादुर लामिछाने, सहकारीका प्रबन्धक प्रेमबहादुर भण्डारी, महिला विभाग प्रमुख हेमकुमारी अधिकारी, बुलबुल साप्ताहिकका प्रधान सम्पादक चन्द्र बहादुर लामिछाने लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रम सहकारीका अध्यक्ष लालबहादुर अधिकारीको अध्यक्षता, उपाध्यक्ष हिराबहादुर जिसीको स्वागत तथा सचिव ओमबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *