बागलुङको ओडारचौरमा सांस्कृतिक कार्यक्रमका साथ सेभेन ए साइड फुटबलको तयारी


रोहन जि.सी,बागलुङ
संयुक्त चार युवा क्लव बागलुङको आयोजनामा राजेन्द्र स्मृति कालिका यु.पि.भि.सी. कप–२०७९ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता २०७९ बैशाख ७ गते देखि १० गतेसम्म आयोजना गरिने सोमबार एक पत्रकार सम्मेलनका बिच सार्वजनिक गरिएको छ ।

नववर्ष २०७९ को अवसरमा कला संस्कृति तथा खेलकुद संरक्षण हाम्रो काँधमा, समृद्ध नेपालका लागि युवा एक साथमा भन्ने मूल नाराका साथ बागलुङ नगरपालिका वार्ड नंंं ४ स्थित ओडारचौर बहुउद्देश्यीय खेलकुद मैदानमा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता एंवम् विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको संयुक्त चार युवा क्लव बागलुङका अध्यक्ष अभिषेक कटवाल क्षत्रीले जानकारी दिनुभयो ।

क्लबका शुभचिन्तक पुर्व भारतिय सैनिक स्वर्गीय. राजेन्द्र कटवाल क्षत्रीको स्मृतिमा उहाँको परिवार संग समन्वय गरि सम्पन्न गरिने क्षत्रीले बताउनुुभयो । प्रतियोगिताका लागि कुल ८ लाख लागत लाग्ने बताइएको छ । उक्त कार्यक्रमको लागि बागलुङ नगरपालिका वार्ड नं. ४ ले २,००,००० बजेट विनियोजन गरिएको वडा अध्यक्ष धुव्र बहादुर के.सीले बताउनुभयो । स्व.राजेन्द्र कटवालको परिवार र कालिका यु.पि.भि.सी कम्पनिले ५०÷५० हजार प्रायोजन गर्ने क्लबका कोषाध्यक्ष साकार अधिकारीले जानकारी दिनुभयो ।

राजेन्द्र स्मृति कालिका यु.पि.भि.सी. कप–२०७९ खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेतालाई १ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई ७०,००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको क्लबका सहसचिव रोशन कुँवरले बताउनुभयो । सर्वोत्कृष्ट खेलाडिलाई ७ हजार, उत्कृष्ट किप्पर, डिफेन्डर, मिड फिल्डर, फरवार्ड लाई समान ३/३ हजार प्रदान गरिने कुँवरले जानकारी दिनुभयो ।

नकआउट प्रक्रियामा हुने उक्त खेलमा १५ टिमको सहभागिता रहन सक्ने अनुमान गरिएको छ । खेलमा टिम दर्ताको लागि ७ हजार र २ हजार धरौटि गरी जम्मा ९ हजार शुल्क लाग्ने क्लबले जानकारी दिएको छ । साथमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा स्थानीय र राष्ट्रिय कलाकारद्धारा प्रस्तृति रहने क्लवका उपाध्यक्ष आशिष क्षत्रीले बताउनुभयो । पत्रकार सम्मेलन संयुक्त चार युवा क्लव बागलुङका अध्यक्ष अभिषेक कटवाल क्षत्रीको अध्यक्षता, सहसचिव रोशन कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *