सनराइज आवासीय माविको २३ औं वार्षिकोत्सव


आदर्श अनलाइन, बगालुङ
बागलुङको सनराइज आवासिय माध्यमिक विद्मालयको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवंम् पुरस्कार वितरण समारोह सोमबार सम्पन्न भएको छ ।

विद्मालयले विभिन्न सांस्कृतिक, खेलकुद तथा पुरस्कार वितरण गरी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम प्रमुख बाल सभा नायकको रुपमा नर्सरीमा अध्यनरत विद्मार्थी इशा पुनबाट शुभारम्भ गरेको छ ।

कार्यक्रममा सनराइज आवासिय माध्यमिक विद्मालयका संरक्षक तिलक बहादुर रिजाल, बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । २०७८ साल भर आयोजित सम्पुर्ण खेलकुद प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापका विजेता एंवम् सहभागीहरुलाई पुरस्कार वितरण गरिएको विद्मालयका शिक्षक पुष्पा क्षत्रीले जानकारी दिनुभयो ।

उक्त वार्षिकोत्सवको अवसरमा गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । साथमा हालै काठमांडौमा चैत्र १७ देखि १९ गते सम्पन्न भएको नवौं राष्ट्रिय कराँते प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरेका सनराइज आवासिय माध्यमिक विद्मालयका खेलाडीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा सो प्रतियोगितामा ५ स्वर्ण, ६ रजत र ७ कास्य पदक प्राप्त गर्न सफल सहभागी खेलाडीहरुलाई नगद, खादा तथा दोसल्लाले सम्मान तथा पुरस्कृत गरिेएको शिक्षक रोशन जि.सीले बताउनुभयो ।

कार्यक्रम सनराइज आवासिय माध्यमिक विद्मालयका विद्मालय व्यवस्थापन समितिका अध्यक्ष निर बहादुर क्षत्रीको अध्यक्षता, प्रिन्सिपल चन्द्र बहादुर क्षत्रीको स्वागत र शिक्षक नविन थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *