उजाडिएको करलिम गाउँमा नमूना विद्यालयको अवधारणा


खेमराज गौतम, बागलुङ

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ करलिम स्थित करलिम आधारभूत विद्यालयको कक्षा ३ मा अछाम घर भएका भरत साउद अध्ययन गर्दै थिए ।

बागलुङको एउटा गाउँको विद्यालयमा अहिले अछाम मात्रै हैन बाजुरा जिल्ला, बैतडी जिल्ला र बागलुङको दुर्गम पालिका निसीखोलाका विद्यार्थीहरुले समेत पढ्दै आएका छन् । चर्को बसाईसराई खेप्दै आएको करलिम गाउँमा रहेको आधारभूत विद्यालयमा विद्यार्थी बढाउन छात्रावास सहितको सेवा दिएर करलिम बाहिरका २५ जना विद्यार्थी गत वषदेखि आवासीय सेवा सहित अध्यापन गराई रखोको छ त्यस मध्येका विद्यार्थी हुँन अछामका साउद ।

बसाई सराइले उजाडिएको गाउँमा रहेको श्रीराम प्राथमिक विद्यालय गाभिए पनि करलिम आधारभूत विद्यालयमा विद्यार्थी संख्या घट्दै जाँदा शिक्षा प्रेमी स्थानीयलाई चिन्ता भयो । २०६८ सालको जनगणनामा १६० घर भएको करलिम गाउँमा अहिले ८० घरमा मात्रै मानिस बस्दै आएका छन् ।

पछिल्लो १० वर्षमा ८० घर मात्रै बसाईसराइले खाली भएको हैन यहाँको खेतीयोग्य जमिन समेत बाँझो छ । बसाई सराईले घरमा ताल्चा लागेको छ भने पिढीमा झार पलाएको छ । खेतबारी बाझै रहेपछि अहिले करलिममा भएका अधिकांश घरहरुसमेत बसाईसराईको तयारीमा छन् । गाउँमा वृद्ध र वालबालिका बाहेक कोहि भेट्टिदैनन् ।

यसोत बागलुङको बिहुँका अधिकांश जापान रहेका कारण बसाईसराई तिब्र रहेको छ । त्यही तिब्र बसाईसरकाईका कारण प्रभावित बनेको करलिम आधारभूत विद्यालयलाई पुन स्थानीयकै सक्रियतामा नमूना बनाउन थालिएको करलिम आधारभूत विद्यालयका सहायक प्रधानध्यापक गोविन्द प्रसाद कंडेलले बताउनुभयो ।

“कुनै दिन एक कक्षामा एक सय विद्यार्थी भएको यसै विद्यालयमा गत वर्ष सबै विद्यार्थी जोड्दा ८० जनामा पुगेका थिए” कंडेलले भन्नुभयो “पुन विद्यालय गाभिने अवस्था र विद्यार्थीलाई आधारभूत शिक्षका लागि टाढा जानुपर्ने बाध्यता भएकाले विद्यालयलाई जोगाउन करलिम कल्याण कोष स्थापना गरेर अन्यजिल्लाका विदार्थीलाई आवासीय सहतिको सेवा दिन थालेपछि अहिले विदार्थी बढेर १२० पुगेका छन् ।”

उजाडिएको गाउँ र मारमा परेको विद्यालयलाई देखेर करलिमबाट विदेशमा पुगेकाहरुले गठन गरेको करलिम कल्याण कोषले बाँझो जग्गा लाई हराभरा पार्दै विद्यालयमा विद्यार्थी बढाउन विभिन्न जिल्ला र बागलुङका कुना काप्चाबाट परिवारलाईनै यहाँ बसाई सराई गरेर ल्याउन अभियान चालेको छ ।

विद्यालयमा बाहिरबाट विद्यार्थी ल्याएर निःशुल्क होस्टेल सहतिको सुविधा दिएर अध्यपान गराउन थालिएको र पुन यो शैक्षिक सत्रमा समेत थप ५० जना विद्यार्थी बाहिरबाट ल्याउने योजना विद्यालय संग रहेको विद्यालयका शिक्षक रमेश सुवेदीले जानकारी दिनुभयो । सुवेदीलाई हालै जिल्ला प्रशासनमा दर्ता भएको करलिम कल्याण कोषको रकमबाट तलब खुवाउनेगरी विद्यालयमा राखिएको हो ।

“कसैले बाँस नपाउने, कतै विद्यार्थीले अध्ययन गर्न नपाउने अवस्था छ तर यहाँ सुविधा सम्पन्न घर तथा जग्गा खाली छ भने विद्यालयमा विद्यार्थीको अभाव छ भन्ने हेतुले यस्तो योजना ल्याएका हौ” शिक्षक सुवेदीले भन्नुभयो “माने परिवारनै ल्याएर गाउँमा राख्ने योजना छ नभए उहाँका छोराछोरी जो पढ्न पाएका छैनन् उनिहरलाई यहाँ ल्याएर पठाउने कोषको अवधारण हो ।”

विद्यालयमा बालमैत्री शिक्षाका लागि सबै विद्यार्थीलाई दिवा खाजा, डिजिटल माध्यमबाट शिक्षक सिकाई र बालमैत्री भौतिक संरचना तयार गरिएको विद्यालयले जनाएको छ । पछिल्लो समय विद्यालयले गुणस्तरीय सेवा दिएर निजि विद्यालयका विद्यार्थी समेत फर्काउने योजनामा रहेको छ ।

बसाईसराईले उजाडिएको गाउँमा दूर दराजमा रहेका गरिब तथा विपन्न परिवारलाई आश्रय दिएर उनिहरुका छोराछोरीलाई निःशुल्क अध्यापन गर्ने र परिवारका सदस्यलाई गाउँमै रोजगारी दिने लक्ष्यका साथ करलिम घर भई वैदेशिक रोजगारीका लागि विदेशमा रहनुभएको लक्ष्मण सेवेदीको परिकल्पनामा करलिम कल्याण कोष स्थापना भएको छ ।

कोषले हालै रु. १५ लाखमा जग्गा खरिद गरेर छात्रावास समेत निर्माण गरिसकेको छ । यस्तै कोषले डेढ लाख मासिक खर्चमा विद्यालयमा तीन जना तीन शिक्षक र छात्रावास समेत सञ्चालन गर्दै आएको छ । कोषमा हाल सम्म झण्डै दुई करोड रकम जम्मा भइसकेको छ । २०३६ सालमा स्थापना भएको विद्यालयमा हाल छ स्थायी, तीन निजी स्रोत र एक करारमा शिक्षक राखेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *