साँढेलाई मुसारेर दूध दिदैन, अब राप्रपा रोजौं : अध्यक्ष लिङ्देल


आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले राष्ट्रिय प्रजातन्त्र पार्टी कांग्रेस, एमाले र माओवादीको वैकल्पिक शक्ति भएको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले आज बागलुङमा आयोजना गरेको चुनव लक्षित आम सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देलले अबको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी बैकल्पिक शक्ति भएर अगाडी बढ्ने बताउनुभयो । उहाँले अहिलेका ठूला दललाई साँढेको संङ्घ्या दिदै उहाँले साँढेलाई जती फकाएपनी दूध नदिने बताउनुभयो ।

उहाँले कांग्रेसको विकल्प एमाले, एमालेको विकल्प कांग्रेस र कांग्रेस एमालेको विकल्प माओवादी कदापी हुँन नसक्ने भन्दै अब कांग्रेस, एमाले र माओवादीको विकल्प राप्रपा भएको दावी गर्नुभयो ।

अध्यक्ष लिङ्देलले जनताले सही जनप्रतिनिधि छान्न नसक्दा अहिले दुख पाएको बताउदै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गर्न आग्रह गर्नुभयो । “हामीले संघीयता देशले धान्दैन भन्दै आएका थियौं नभन्दै पाँच बर्षमा देशको ऋण दोब्बर भयो” लिङ्देलले भन्नुभयो “देशको ढुकुटी सक्न संघीयता ल्याइएको हो, राष्ट्रिय ऋणको भार अब नेपालीले थेग्न सक्दैन, अहिले ८ खर्बको ऋण बढेर १७ खर्ब पुग्यो ।”

लिङ्देलले अहिलेका ठूला दलका नेताले कालोधन थुपारेका कारण बैंकमा पैसा नभएको दाबी गर्नुभयो । अहिलेका ठूला दलहरुबाट देशको विकास संभव नभएको बताउदै उहाँले राष्ट्र र राष्ट्रियताको पक्षमा बोल्ने राप्रापा नै अहिलेको असली दल भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले ठूला राजनैतिक दलले जनताको भरोसा गुमाइसकेको भन्दै अब देशका जनताले राजनीतिमा विकल्प खोज्नुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *