क्यान्सर पीडित हमाललाई पाँच लाख सहयोग


आदर्श अनलाइन, बगालुङ

लामो समयदेखि स्तन क्यान्सरबाट पीडित बागलुङ नगरपालिका–८ का मिना कुमारी हमाललाई रु. पाँच लाख सात रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

जापानमा रहनुभएका नेपालीहरुबाट र नेपालमामा समेत चलाइएको सहयोग संकलन अभियानबाट जुटेको उक्त रकम क्यान्सर पीडित मिन हमालको घरमै पुगेर आज हस्तान्तरण गरिएको छ । आर्थिक रुपमा कमजोर परिवार रहेको मिनाको आर्थिक अभावमै उपचारमा समस्या भएपछि सहयोग संकलन अभियान चलाइएको थियो ।

५५ वर्षीया उहाँको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको भएपनि आर्थिक समस्याले अहिले गाउँमै हुनुहुन्छ । हमालको उपचारका लागि गलकोटमा जन्मेर जापानमा कर्मथलो बनाएका नेपालीहरुबाट संकलित रु. ३ लाख ८१ हजार ८९७ र नेपालमा संकलित रु. एक लाख १८ हजार ११० गरी पाँच लाख सात रुपैयाँ रकम हस्तान्तरण गरिएको छ ।

गलकोट समाज जापान अन्र्तगतको मानवीय सेवा विभाग अन्र्तगतका संयोजक रतनसिंह बस्नेत, जापानमै रहनुभएका मिनराज खत्री मिलन, श्याम शर्मा, दिपक सुवेदी तथा खरुवा समाज जापानका अध्यक्ष गगन बहादुर खत्रीको सक्रियता र समन्वयमा उक्त रकम संकलन गरी पठाइएको थियो । नेपालमा सञ्चालन गरिएको सहयोग अभियानमा गोविन्द्र प्रसाद शर्मा, शर्मिाला मल्ल शर्मा, उजेली खड्का मल्ल र जीवन भण्डाण्डारीको सक्रिय रुपमा सहयोग गर्नुभएको थियो । सहयोग अभियानको स्थानीय संयोजन गलकोट समाज बागलुङका सदस्य ललिता थापा र राज थापाले गर्नुभएको थियो ।

उक्त सहयोग रकम बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्ष जित बहादुर जिसी राजनको प्रमुख आतिथ्यतामा हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण पछि बोल्दै वडा अध्यक्ष जिसीले माइती गाउँलहरुको सक्रियतामा संकलन गरिएको रकमले पीडितको उपचारमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।

आर्थिक सहयोग पाएसंगै मिन हमाल पुन भरतपुर क्यान्सर अस्पताल जाने तयारीमा रहनुभएको छ । यस अघि हमालका आफन्त राम बहादुर मल्लको सक्रियतामा ३३ हजार ३१ हजार हस्तान्तरया भइसकेको थियो । सहयोग हस्तान्तरण कार्यक्रमको गलकोट समाज गलकोटका सदस्य जीवन भण्डारीको अध्यक्षता, गोविन्द्र प्रसाद शर्माको जानकारी र ललिता थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *