बागलुङमा हुने चैते दशैँ मेलाको तयारी पूरा

आदर्श अनलाइन, बागलुङ
बागलुङमा बिहीबारदेखि सुरु हुने चैते दशैँ मेलाको तयारी पूरा भएको छ । कालिका भगवति गुठी व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरि मेलाको तयारी पूरा भएको जनकारी गराएको छ । कालिका भगवति गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार पहिलो दिन पुरुष भलिवल प्रतियोगिता हुने छ ।

प्रतियोगिताको उद्घघाटन गण्डकी प्रदेशका कृषि सहकारी, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा ‘सागर’ले गर्ने अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

भलिबल प्रतियोगितामा १२ समुहको सहभागिता रहेको छ । पर्यटन प्रबर्धन गर्ने उद्धेश्यले सञ्चालित मेलाको अवसरमा राष्ट्रिय लोक भजन प्रतियोगिता, राष्ट्रिय दोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता हुनेछ ।

साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । कलाकारहरु शिव परियार, राजु परियार, माण्डवी त्रिपाठी, प्रकाश सपूत, चोलेन्द्र पौडेल, रेशम निर्दाेष, चोलेन्द्र पौडेल, कालीका रोका, शंकर विरही गुरूङ, राजेश बर्दैवा, कृष्ण अखेली, टीका पुन, खेम सेन्चुरी, थानेश्वर गौतम, मरिचमान श्रेष्ठ बल्छि ध्रुव्रे, जुना श्रीष, योगेश काजी शाह, रविन खड्का,बिष्णु खत्री, बिबि अनुरागी, राजेन्द्र सापकोटा, अस्मिता डल्लाकोटी, चिज गुरूङको प्रस्तुति रहनेछ । प्रतियोगितामा करिब ५३ लाख रुवैयाँ खर्च हुने बताईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *