मृगौला पीडित रेग्मीलाई पर्वत समाज कतारको आर्थिक सहयोग

आदर्श अनलाइन, पर्वत
पर्वत समाज कतारले मृगौला पीडित महिलालाई आर्थिक सहयोग गरेको छ । पर्वतको कुश्मा नगरपालिका–२ खुर्काेटका जुना कुमारी रेग्मीलाई २८ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

पर्वत समाज कतारका पूर्व अध्यक्ष चिन्तामणी पौडेल र पूर्व आर्थिक विभाग प्रमुख लेखनाथ रिमालले रेग्मीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

उपचारमा आर्थिक अभाव भएको जानकारी पछि सहयोग होस भन्ने उद्देश्यले पर्वत समाजले सहयोग गरेको पूर्व अध्यक्ष चिन्तामणी पौडेलले बताउनुभयो । पैसा थोरै भएपनि पीडितलाई सहयोग पुग्ने अपेक्षा सहित स्वास्थ्यलाभको कामना गर्दै हस्तान्तरण गरेको पौडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *