गैरसांसद गोबिन्द बन्दी बने कानुनमन्त्री

आदर्श अनलाइन, काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई मन्त्री बनाउनु भएको छ । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गर्नु भएको हो ।

बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने छन् । तर यसरी नियुक्त भएको मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वत खारेज हुन्छ ।

हाल दिलेन्द्र बडू कानुनमन्त्री हुनुहुन्छ । बन्दीलाई कानुनमन्त्री बनाएपछि दिलेन्द्र वडूलाई भने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी छ ।

यो मन्त्रालय लामो समयदेखि प्राधनमन्त्री आफैंसँग छ । देउवाले २२ साउनमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका जेठान गजेन्द्र हमाललाई मन्त्री नियुक्त गर्नु भएको थियो । तर चर्को विरोध भएपछि हमालले केही दिनमै राजीनामा दिनु भएको थियो । त्यसयता यो मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राख्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *