एमाले अध्यक्ष ओली बागलुङ आउँदै

आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बागलुङ आउनुहुने भएको छ । स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रमका लागि ओली बागलुङ आउनुहुने भएको नेकपा एमाले बागलुङले जनाएको छ ।

ओली चैत २६ गते बागलुङ बजार आउने भएपछि नेकपा एमालेले तयारी समेत थालेको छ । ओली छिकेकी जिल्ला पर्वतको आमसभालाई सम्बोधन गरेर बागलुङ आउने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीले दिउँसो दुई बजे बागलुङ बजारको ब्राउन आइज रेष्ट्रोको सभाहलमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको नेकपा एमाले बागलुङका इन्चार्ज गोविन्द नेपालीले जानकारी दिनुभयो । ओलीले विश्वकै लामो दावी गरिएको बागलुङ पाङ जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलको अवलोकन तथा कालिका मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको एमाले बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *