जलजलाको गौ-महोत्सवमा सवा तीन करोड संकलन

पर्वतको जलजलामा आयोजना गरिएको गौ महोत्सव तथा धनधान्याञ्चल विराट् महायज्ञमा तीन करोडभन्दा बढी रकम संकलन भएको छ ।

स्थानीय वैदिक गाई संरक्षण गर्न जलजला गाउँपालिका–७ मिलनचोकमा आयोजित महोत्सवको अन्तिम दिनसम्म ३ करोड २४ लाख ३१ हजार ७ सय ९० रुपैयाँ संकलन भएको महोत्सव मूल आयोजक समितिका महासचिव जगन्नाथ उपाध्यायले जानकारी दिनुभयो ।

गण्डकी गोपाल गौशालाको आयोजनामा १९ देखि २८ मंसिरसम्म ‘श्रीगण्डकी गोपाल गोरक्षा धानधान्याञ्चल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव’ सञ्चालन गरिएको थियो । महोत्सवमा बैंक मार्फत र प्रत्यक्ष रूपमा पनि सहयोग भएको थियो । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *