चैतेदशैको अवसरमा कालिका मन्दिरमा दर्शनार्थीको घुइचो


आदर्श अनलाइन, बगालुङ

आज चैतेदसैँ । गण्डकी प्रदेशको प्रशिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिरमा चैतेदशैको अवसरमा दर्शनार्थीहरुको घुइचोनै लागेको छ ।

चैतेदशैको अवसरमा छिमेकी मुलुक भारत सहित, काठमाण्डौ, पोखरा, चितवन लगायतका क्षेत्रबाट समेत धार्मिक पर्यटकहरु कालिका मन्दिरको दर्शन गर्न आएको बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

कालिका मन्दिरमा दर्शनार्थीको सुरक्षाको लागि बाक्लो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ ।
चैते दशै शुरु भएसंगै कालिका मन्दिरमा चहलपहल बढेपनि आज चैते दशैको मुख्य दिनमा विहान तीन बजेदेखिनै दर्शनार्थीको लाईन लागेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

“चैते दशै शुरु भएसंगै दर्शनार्थीको चाप बढेकै थियो, आज मुख्य दिन दर्शनार्थीको निकै चाप छ, दर्शनार्थीको व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको छ” अध्यक्ष कुमार खड्काले भन्नुभयो “गण्डकी प्रदेशमा चैतेदशैको अवसरमा बागलुङ कालिका दर्शन निकै महत्वपूर्ण मानिदै आएको छ, पछिल्लो समय भइरहेको प्रचार प्रसारका कारण विभिन्न जिल्ला र भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।”

चैते दशैका अवसरमा गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेलाको समेत आयोजना गरेको छ । मेला २८ गते सम्म चल्नेछ । चैतेदशैका अवसरमा कालिका मन्दिर परिसर दुलहीझै सिँगारिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *