बागलुङ बजार जलमग्न

डम्मर बुढा मगर, बागलुङ
बागलुङ बजार जलमग्न भएको छ । शनिबार दिउसो परेको भिषण वर्षातका कारण बागलुङ बजार जलमग्न भएको हो । आधा घण्टा बढी परेको भिषण वर्षाका कारण बागलुङ बजार क्षेत्रका नालीहरु थुनिदा बजार क्षेत्रका केही स्थान जलमग्न भएका छन् ।

बागलुङ बजारको मुख्य सडक र चोकहरुका पसलहरुमा लेदोसहितको पानी पस्दा व्यापारीहरु समस्यामा परेका छन् । बागलुङ बजारको लोकतान्त्रिकचोक, अदालतचोक, हल्लनचोक, समिटचोकल लगायतका क्षेत्र जलमग्न भएका छन् ।

स्थानीयहरुले पानी तर्काउन खोजे पनि नाली थुनिदा समस्या भएको स्थानीयको भनाई छ । नगरपालिकाले हरेक वर्ष नाली मर्मतका लागि बजेट विनियोजन गरे पनि काम नगर्दा समय–समयमा यस्तो समस्या भोग्नु परेको एक व्यापारीले बताए । नालीको सही व्यवस्थापन नहुँदा वर्षा हुँदा बजार जलमग्न हुने गरेको स्थानीय बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *