पहाडी भू-भागका केही स्थान हल्का वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौँ
स्थानीय र पश्चिमी वायुको प्रभाव देशभर सामान्य परेको छ। जसका कारण आज पहाडी भू-भागका केही स्थान हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकाअनुसार सोमवार बिहान पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागको मौसम सामान्यतः सफा रहेको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसम सामान्य बदली रही एक-दुई स्थानमा हल्का वर्षाको हुनेछ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *