सरोजराज पन्त
सगरमाथाको देश, बुद्धको देश र विविधताको देश नेपाल आर्थिक रुपले गरीब भएतापनि प्राकृतिक, सामाजिक, सांस्कृतिक धार्मिक तथा भाषिक विविधताले अत्यन्तै धनी छ । नेपाल भौगोलिक विविधता र प्राकृतिक सम्पदाले विश्वमै अनुपम देश हो । यहाँ अनेक जातजाति र आ–आफ्नै संस्कृति र परम्पराहरु रहेका छन । विविध भाषा, कला, रीतिरिवाज, रहनसहन आदि र प्राकृतिक सम्पदाले धपक्क बोलेको नेपाल चारैतिर सेतै मुस्कुराउने हिमश्रृखलाहरु, कलकल झर्ने झरनाहरु, शिरशिरे बताससँगै दुनियालाई आर्कर्षित गरेका छन । हरिया जंगलका दृश्यहरु, कोइलीले विरह गाउने रुखका कोप्चाहरु, कतै खरैखरका साना झुपडीहरु, कतै आकाशे मलहहरु तथा विभिन्न संस्कृतिले झकिझकाउँ र नौलो पहिचान बोकेको छ । भौगोलिक हिसाबले नेपाल हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजित छ । प्रशासनिक तवरले सात प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय सरकारमा विभाजन गरिएको छ ।
लमजुङ जिल्ला ऐतिहासिक, पुरातात्विक, संस्कृति पर्यटन र धार्मिक स्थलका रुपमा प्रख्यात रहेको छ । शाहबंशी राजाहरु यशोवर्मा शाह, नरभुपाल शाह, द्रव्य शाहले शासन गरेको लमजुङ दरवार, पुरानो कोट, सिन्दुरे ढुंगा, जिताकोट, कुुन्छागढी, राईनासकोट, भुजुङ घले गाउँ इलमपोखरी आदिका कारण यो जिल्ला पर्यटकीय धार्मिक, सांस्कृतिक, धार्मिक पर्यटन, पर्यापर्यटन, एक्सपिडिसन, प्याराग्लाइडिङ, ¥याफ्टिङ, हनि हण्टिङ, बन्जी जम्पिङ, टे«किङ माउण्टेनिङ लगायतका प्रसस्त सम्भावनाहरु रहेका छन । घनापोखरामा आदिम कालदेखि मानिसहरु वसोवास गर्दै आएको पाइन्छ ।
मस्र्याङ्दी गाउँपालिकावडा नं. १ मा पर्ने घनपोखरा समुद्री सतहबाट २१५० मिटरको उचाईमा अवस्थित छ । लमजुङ जिल्लाकै सबैभन्दा बढी उचाईमा रहेको गाउँ घनपोखरा गुरुङ संस्कृति सहित होमस्टेका लागि प्रसिद्ध छ । घनपोखरा प्राकृतिक सुन्दरता र मौलिकपनको सुन्दरवस्ती हो । लोपोन्मुख तामारी छोरीनाचमा घनपोखरामा संरक्षित छ । घलेगाउँबाट ३० मिनेटको पैदल यात्रामा पुग्न सकिने घनपोखरा लमजुङ जिल्लाको अग्लो पहाडमा अवस्थित छ । २८˚१६’ देखि २८˚२४’ उत्तर बाट ८४˚१६ मिनेट देखि ८४˚ २४’ पुर्वसम्म फैलिएको छ । यसको क्षेत्रफल ५६.४ वर्ग किलोमिटर छ । घनापोखराको सिमानामा रहेको लमजुङ हिमालको चुचुरोमा रहेको उचाइको उचाई समुन्द्री सतहबाट ८५० देखि ६,९८३ मिटरसम्म रहेको छ । यद्यपि, बस्तीहरू ८५० र ४१७५ मिटरको बीचमा मात्र रहेको पाइन्छ । गाउँको करिब ८०% जङ्गल र रेन्जल्याण्डले ढाकेको छ भने २०% मात्रै मानव बस्ती र कृषि खेती अन्तर्गत रहेको छ । २०६८को जनगणनाका अनुसार, घनपोखरामा कूल जनसंख्या २,८९३ रहेको छ र गुरुङ, विश्वकर्मा, ब्राह्मण, क्षेत्री, तामाङ र दमाई लगायत विभिन्न जातजाति भएको यस गाउँमा ६४८ घरपरिवार रहेकोमा अहिले भने बसाइ सराइका कारण अहिले १२० घरधुरी रहेका छन् । गुरुङ समुदाय सबैभन्दा बढी (७०%), त्यसपछि दलित समुदाय (३०%) छन् । यस गाउँको साक्षरता दर ५५% छ र ९९% मानिसले अझै पनि खाना पकाउन दाउरा प्रयोग गर्दछन । सन् २०१४ मा आयोजना टोलीले तयार पारेको घरपरिवारको सूचीमा ५ सय ७८ घरपरिवार मात्र रहेका थिए ।
जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिकाको घनपोखरा गाउँमा बिजुली पुगेसँगै त्यहाँका स्थानीय खुसीले मक्ख परेका छन् । बिजुली बिना जीवन निर्वाह गर्दै आएका गाउँले विद्युत संरचना जडान भएपछि जनजीवन सह बनेको छ । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रअन्तर्गत घनपोखरादेखि जिम्दो तथा प्रोविका विभिन्न स्थानहरुमा ११ के.भी. लाइनमार्फत विद्युत जडान गरि गाउँमा विद्युत प्रसारण भएको छ । गाउँमा बिजुली बत्तीको पहुँच नहुँदा सोलार, मैनबत्ती र टुकीको भरमा जीवन धान्दै आएका स्थानीय विद्युत आएपछि हर्षित छन् । बिजुलीबत्तीको पहुँचको अभावमा अँध्यारोमै जनजिवन चलाउँदै आएका स्थानीयले अहिले उज्यालोमा बस्न पाउँदा संघीयताको अनुभूति गर्न पाएका छन । गाउँमा बिजुली पुगेसँगै बालबालिकाहरुलाई पठनपाठन गर्न, नेट इन्टरनेटको प्रयोग गर्न, विद्युतिय आधुनिक प्रविधियुक्त सामग्रीहरु प्रयोग गर्न सहज भएको छ ।
घनपोखराको अधिकांश वन क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्दछ । चिलाउने (स्चिमा वालिची), युटिस (अल्नस नेपलेन्सिस), कटुस (कास्टनोप्सिस इंडिका), चानप (मिचेलिया च्याम्पक्टा), चिर पाइन (पाइनस रोक्सबर्गी), चन्दन (सेन्टालम एल्बम), र ड्रोपिङ जुनिपर (जुनिपेरस रिकुर्भा) सामान्य रूख यहाँका वोटविरुवाका प्रजातिहरू हुन् । यो क्षेत्र औषधीय वनस्पति विविधतामा धनी छ, जसमा वनस्पति निर्मासी (डेल्फिनियम हिमालय), जटामासी (नार्डोस्टाचिस जटामांसी), पाँचौले (डाक्टाइलोरहिजा हाटागिरिया), चिरैतो (स्वर्टिया चिरायिता), पिप्ला (पाइपर लङ्गम), सतुवा (ओर्चीलफरिया) सिरोसा), कुरिलो (एस्पारागस रेसमोसस) र घोटाप्रे (सेन्टेला एसियाटिका) गाउँमा पाइन्छ । उच्च मूल्यको यार्सागुम्बा पनि घनपोखरामा पाइन्छ । हिमालयन कस्तुरी मृग (मोस्चस क्रिसोगास्टर) यस क्षेत्रमा पाइन्छ । घनपोखरामा खर्कका नामले चिनिने धेरै चरन क्षेत्रहरू छन्, जहाँ गोठालाहरूले आफ्ना गाईवस्तुहरु चराउँछन् ।
घनपोखराका मानिसहरुको जीविकोपार्जन र खेती प्रणाली नेपालको जीविकाको आधार कृषि, पर्यटन वा होमस्टे र पशुपालन हो । रेमिट्यान्स, पेन्सन, कृषि र गैरकृषि श्रमजस्ता आम्दानीका थप स्रोतहरू भएकाले सबै घरपरिवार कृषिजन्य गतिविधिमा संलग्न छन । खेती प्रणाली बाली र पशुधनद्वारा जीविकोपार्जनको प्रभुत्व रहेको छ । व्यापक रूपमा खेती गरिएको अन्न बालीहरू धान, मकै, कोदो, आलु मौसमी फलफूलहरू सोयाबिन र मटरकोसा हुन् । आलु प्रमुख जाडो मौसमी बाली हो । कोदो, जौ केही किसानहरूले मात्र उब्जाउँछन् । भेडा (बरुवाल नस्ल), बाख्रा (सिंहल नस्ल), भैंसी र कुखुरा प्रमुख पशुहरु हुन् । सिँचाइका श्रोत र उपलब्धता मनसुन वर्षामा निर्भर छ । पछिल्ला वर्षहरूमा वर्षाको समय र मात्रामा अनियमितता भएकोले बाली उत्पादन र कृषक समुदायमा नकारात्मक असर पारेको छ । घनपोखरा खुदी खोला, मिडिम नदी र अन्य खोलाको जलस्रोतमा धनी भए तापनि खेतीपाती सिँचाइका लागि मनसुनी वर्षामा निर्भर हुनु ठुलो चुनौति छ । किसानहरूले परम्परागत सिँचाइ प्रणाली कुलामा निर्भर छन । रोपलेफाँट क्षेत्र साविक (वार्ड नम्बर ५) मा मात्र पक्की सिँचाइ कुलो रहेको छ । समूहगत छलफलमा वडा नं. ३ र ४ मा पानीको स्रोत समुदायबाट टाढा भएकाले पानीको अभाव छ र यी स्रोतहरूमा पानीको स्तर हाल सामान्य भन्दा कम छ ।
कृषिमा बाह्य सामग्रीको स्थिति (उर्वरक, सूक्ष्म पोषक तत्व र कीटनाशक) घनपोखरामा मलको प्रमुख स्रोत पशु मल हो । खुला गोठको प्रयोग गर्नु स्थानीयको अर्को अभ्यास हो । मलको अर्को स्रोत जाडोमा जनावरलाई खेतमा राख्ने परम्परागत हो । जसको कारण जनावरहरू चिसो तापक्रमबाट बचाउन हिमालबाट पहाडमा झार्छन्, तिनीहरूले तल्लो क्षेत्रका लागि बहुमूल्य मल उपलब्ध गराउँछन् । यद्यपि तल्लो क्षेत्रमा रासायनिक मल युरियाको प्रयोग बढ्दै गएको छ । धानको उत्पादन बढाउन तल्लो भूभागमा यसको प्रयोग गरिन्छ । यो तरकारी खेतीमा पनि सामान्य बनेको छ । धान, मकै र औँला कोदो प्रमुख अन्न, सोयाबिन प्रमुख फलफूल र आलु घनपोखरामा उत्पादन हुने प्रमुख हिउँदे बाली हुन । औसत मुख्य खाद्य आत्मनिर्भरता छ महिना भन्दा बढी रहेको छ । गुरुङ परिवारमा सबैभन्दा बढी खाद्यान्न पर्याप्तता आठ महिना छ भने दलित परिवारमा सबैभन्दा कम चार महिना रहेको छ । घनपोखरामा मौसमी खेती हुने भएकाले पात र अन्य तरकारी औसत ५ महिना मात्रै पुग्छन् । त्यस्तै, भटमास र मटरलाई दालको रूपमा प्रयोग गरिन्छ जुन वर्षको औसत पाँच महिना मात्र पुग्दछ ।
घनपोखरामा गुरुङपछि दलितको बाहुल्यता रहेको छ । गुरुङ नेपालको प्रमुख आदिवासी जनजाति हो तर मुख्यतया दलित ऐतिहासिक रूपमा विपन्न र सामाजिक, धार्मिक र सांस्कृतिक रूपमा भेदभावमा परेको समूह हो । घनपोखराको जातीय संरचना अन्य आयोजना स्थलहरूको तुलनामा अद्वितीय छ । घनपोखराका ४०% र ३०% घरपरिवारको जीविकोपार्जनको प्रमुख स्रोत कृषि र रेमिट्यान्स हो । घनपोखरामा खेती जग्गा र खेतीपाती जस्ता घरायसी स्रोत साधनमा भर परको छ । यान्त्रीकरणको अभावका कारण कृषिमा पारिवारिक श्रम महत्वपूर्ण छ । तसर्थ, प्रवासी परिवारका सदस्यहरूबाट रेमिट्यान्सको अंश बढ्दा कृषिमा दुई गुणा असर परेको छ । सबैभन्दा पहिले, रेमिटेन्स आम्दानी र बजारमा पहुँचको अर्थ परिवारहरू आफ्नै खाना उत्पादनमा कम निर्भर छन् । दोस्रो, बसाइँसराइले उपलब्ध कृषि श्रमको मात्रा घटाउँछ र यसैले विद्यमान खेतीयोग्य जमिनमा खेती गर्ने क्षमता घटाउँछ, जसले गर्दा घरका महिला सदस्यहरूमा कामको बोझ बढ्छ, विविधतामा कमी आउँछ र उत्पादनशील जमिन खस्कन्छ। कृषि निर्णय लिने र कार्य विभाजनमा लैङ्गिक भूमिकाले कृषि जैविक विविधतामा प्रभाव पारेको छ । कुन बाली र प्रजाति रोप्ने, प्रविधि अपनाउने र कामको भार विभाजन गर्ने निर्णय सहि नहुँदा समस्या आएको छ । महिला सदस्यहरूले पुरुषहरू भन्दा बढी विविधता कायम राख्छन्, किनकि पुरुषहरू आर्थिक फाइदाहरूतर्फ बढी झुकाव छन् भने महिलाहरू विभिन्न चीजहरू प्रयास गर्न इच्छुक छन् । महिलाको तुलनामा पुरुषहरू बसाइँसराइमा बढी रुचाउँछन्, होमस्टे र कृषिमा महिलाको भूमिका अझ महत्वपूर्ण छ । मुख्य खाद्यान्न आपूर्तिले सात महिना मात्रै पुग्ने भएकाले घनपोखरा खाद्यान्नमा आत्मनिर्भर छैन । गुरुङ जातिमा सबैभन्दा बढी खाद्यान्न पर्याप्तता (आठ महिना) छ भने दलितमा सबैभन्दा कम खाद्यान्न पर्याप्तता (चार महिना) छ । तरकारी र हरियो सागसब्जी खाने चलन सामान्य र मनाइने छैन ।
घुम्नैपर्ने ठाउँमा पर्ने यो गाउँमा पर्यटक बस्नलाई होमस्टेको सुविधा छ । यहाँ पुग्ने जोकोही प्रकृति र संस्कृतिसँग लुकामारी खेल्दै गाउँले जीवनशैलीमा रमाउन पाउँछन । सहरको कोलाहलबाट टाढा, नदी र खोलाको सुसेली, चराचुरुङ्गीको चिरबिर आवाज, हिमालमुनिको स्वच्छ हावापानीले लोभिर्दै पर्यटकहरु यहाँ आउँदछन । ढिँडो र लोकल कुखुराको मासुलगायत अर्गायानिक खानाले पर्यटकहरुलाई आकर्षित गर्दछ । अन्नपूर्ण पदमार्गको छेउछाउ भएकाले यहाँ आउन आन्तरिक पर्यटकलाई यस गाउँबारे धेरै सोधिरहन पर्दैन । बेंसीसहर आइसकेपछि यी गाउँ पुग्न जिपको व्यवस्था छ । लमजुङ घुम्न आउँदा तनहुँको डुम्रे भएर आउनुपर्छ । बेंसीसहरबाट १ घण्टादेखि २ घण्टाका बीच सबैजसो होमस्टे गाउँमा जिप पुग्छन ।
पर्यटन अभियान्ता प्रेम घलेका अनुसार, २०५६ मा घलेगाउँवासीले पर्यटन प्रवर्द्धनका कार्यक्रम सुरु गरेपछि आन्तरिक पर्यटक आउन थालेका हुन । घलेगाउँमा अहिले ४० होमस्टे सञ्चालनमा छन । ‘घलेगाउँलाई स्मार्ट भिलेज बनाएका छौं । यहाँको खानपान हाइजेनिक छ । बेडदेखि कोठामा एकरूपता छ । पाहुनाको स्वागत र बिदाइ हुन्छ । घुम्ने ठाउँ बनाएका छौं । यो हाम्रो दुई दशकको मिहिनेत हो’ पर्यटन समितिका अध्यक्षसमेत रहेका घले बताउँनु हुन्छ । संसारमै घलेगाउँको बयान चलाउन घलेगाउँका सबै खाले दृश्य समेटिएको म्युजिक भिडियो निर्माण गरिएको बताउनु हुन्छ ।
पर्यटन व्यवस्थापन उपसमिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार नेपालकै ठूलो गुरुङ गाउँमध्येको एक भुजुङमा करिब ४ सय घर छन । पश्चिमोत्तर क्षेत्रमा भुजुङभन्दा माथि कुनै गाउँ छैन । ठूलो अनि सुन्दर गाउँ भएकैले पर्यटकको रोजाइमा पर्ने गरेको छ । घुम्न आउनेलाई भुजुङ नआउँदा एउटा इतिहास छुट्छ । यो गाउँ ७ सय वर्ष पुरानो मानिन्छ । गाउँका २२ घरमा होमस्टे छन । परम्परागत घर, न्यानो आतिथ्य, स्थानीय संस्कृति, प्राकृतिक दृश्यावलोकनले पर्यटक लोभिने गरेका छन ।
भुजुङ र घलेगाउँको बीचमा घनपोखरा छ । मर्स्याङ्दी गाउँपालिका–१ मा पर्ने घनपोखरा जिल्लाकै सबैभन्दा उचाइमा रहेको गाउँ हो । यहाँ १० घरमा होमस्टे छन । स्थानीय जितबहादुर गुरुङका अनुसार, गुरुङ जातिको आदिमथलो क्होलासोँथरबाट आएर घनपोखरा बसेकाहरू अहिले संसारभरि छरेर बसेका छन । ‘करिब १५ वटा हिमाल आँखैअगाडि देखिन्छन । हिमालसँग सबैभन्दा नजिक भएको गाउँ घनपोखरा हो,’ भएकोले यहाँ पर्यटकीय संम्भावना छ ।
बेंसीसहर–३ मा पर्ने काउलेपानीलाई सन् २०१४ मा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले उत्कृष्ट होमस्टे गाउँ घोषणा गरेपछि यहाँको रौनक छुट्टै छ । बेंसीसहरबाट आधा घण्टामै पुग्न सकिने काउलेपानीमा पर्यटक आगमन बढेको काउलेपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष देउबहादुर गुरुङ बताउनु हुन्छ । गाउँको १४ घरमा होमस्टे रहेका छन । यशोब्रह्म शाहका पालाका लमजुङ दरबार छ । यो दरबार १५५० सालमा निर्माण भएको मानिन्छ ।
पर्यटन व्यवस्थापन उपसमिति सिउरुङका सचिव उमरबहादुर गुरुङले अर्ग्यानिक खानपानका लागि पर्यटक आउने गरेको बताए । सिस्नो, गुन्द्रुक, निउरो, च्याउ खान पर्यटक यहाँ आउने उनी बताउँछन । सिउरुङको १६ घरमा होमस्टेको सुविधा छ । बेसीसहरदेखि ३ घण्टाको जिपयात्रापछि सिउरुङ पुग्न सकिन्छ । यहाँ रोधींको भाका गाइन्छ ।
२०७२ को भूकम्पले भत्किएको घरलाई अमेरिकी नागरिक नताशा वजनियकको सहयोगमा पुनर्निर्माण गरेपछि राइनासकोटको १४ घरमा होमस्टे रहेका छन । भिटोफले सन् २०१८ मा उत्कृष्ट होमस्टे घोषणा गरेको राइनासकोट तनहँुको सीमाक्षेत्र पाउँदीबाट जान सकिन्छ । पाउँदीबाट डेढ घण्टामा पुग्न सकिने राइनासकोट होमस्टे व्यवस्थापन समितिकी उपाध्यक्ष विष्णु गुरुङले बताउनु भयो । राइनासकोटमा १५ औं सताब्दीमा तत्कालीन लमजुङका राजा यशोब्रह्म शाहका कान्छो छोरा द्रव्य शाह बसेको इतिहास छ ।
राइनासकोटभन्दा पारिपट्टि गोरखाको लिगलिगकोटमा दौड जितेपछि उनी उक्त क्षेत्रको राजा बनेका थिए । राइनासकोटमा बाइसीचौबीसी राज्य शासनकालमा निर्माण गरिएका किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट तथा गढी छन । लमजुङ उद्योग वाणिज्य संघका गण्डकी प्रदेश सदस्य रामकुमार श्रेष्ठका अनुसार होमस्टे आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । ‘प्रकृतिको स्वादसँगै स्थानीय कला–संस्कृति, रहनसहन, प्राकृतिक छटा हेर्नकै लागि पर्यटक लमजुङ आउने गरेका छन् ।
गण्डकी प्रदेश सरकारले घलेगाउँ, यशोब्रह्म शाहको लमजुङ दरबार, भुजुङ, राइनासकोट, घनपोखरा, सिउरुङ, काउलेपानी, इलमपोखरी, इशानेश्वर र दूधपोखरीलाई पर्यटकीय गन्तव्य घोषणा गरिसकेको छ । मध्यनेपाल नगरपालिकामा पर्ने इशानेश्वर साथै लमजुङ, कास्की र मनाङको सीमामा पर्ने दूधपोखरीमा बाहेक अन्य ठाउँमा होमस्टेको सुविधा छ । इशानेश्वर क्षेत्रमा पनि बसोबासका लागि होटल तथा लज छन । दूधपोखरीका लागि ठाउँठाउँमा बास बस्ने धर्मशाला तथा गोठहरू भए पनि खानाको व्यवस्था भने आफैंले गर्नुपर्छ । पछिल्लो समय खासुर, ताघ्रिङ, पसगाउँ, हिलेटक्सार, तार्कुगहते, पुरानकोट, तुर्लुङकोट, नरुवल मगरगाउँ, भुस्मेलगायत गाउँ पर्यटकको रोजाइमा परेको छ ।
गण्डकी प्रदेश सरकारको एकघर एकधारा अभियानअन्तर्गत घनपोखराका १ सय ३० घरमा धारा निर्माण भएको हो । खानेपानीको समस्या भोग्दै आएका स्थानिय घरआगनमै खानेपानीको धारा आएपछि निकै खुसी छन् । जिल्लाकै सवैभन्दा उचाइमा रहेको पर्यटकीय गाउँमा वर्षांै देखिको खानेपानी समस्या झेल्दै आएका स्थानीय अहिले घरघरै धारा आएपछि खुसी मात्रै होइन व्यवसायको समेत सोच बनाइ सकेका छन् । यसअघि गाउँमा केही सार्वजनिक धारा भए पनि पर्यात पानी नहुँदा निकै सास्ती भएको घनपोखराकै होमस्टे व्यवसायी कालीकुमारी गुरुङले बताइन् ।
भौगोलिक रूपमा जिल्लाकै विकट मध्येको एक घनपोखरा गाउँमा घरघरमै खानेपानी धारा बनेपछि पानी बोक्नुपर्ने समय अन्य घरायसी कामका लागि बचत भएको गुरुङको भनाइ छ । “पहिला गाउँभन्दा निकै पर कुवाको पानी बोक्नुपथ्र्यो, पाहुनाहरूलाई चिया बनाउने पानी पनि बोकेर ल्याउनुपथ्र्यो” गुरुङले भनिन्, “अहिले घरघरै धारा आएको छ, अब त खानेपिउने मात्रै हैन यही पानीबाट अर्गानिक तरकारी समेत उत्पादन गछौँ ।
मस्र्याङदी गाउँपालिका १ का अध्यक्ष रुद्रमान गुरुङकाअनुसार हिमपातपछि वडाका पर्यटकीय गाउँमा पर्यटकको आयने छ । घनपोखराका होमस्टे, नायुका होटलहरु भरिभराउ हुने गर्दछन । बर्षेनि हिमपातपछि गाउँठाउँ सेताम्मे हुने र हिउँ खेल्न पाहुना आउने गर्दछन’ । ‘पर्यटक बढी आउने भएकाले व्यवस्थापनमा समस्या हुने गर्दछन । घनपोखराका २३ होमस्टे, नायुका पाँच होटल पर्यटकले भरिएका थिए । एक सय बढी पर्यटक घनपोखरा क्षेत्रमा हिउँ खेल्न पुग्दछन् । यसअघि शुन्य पर्यटकीय गाउँठाउँ अहिले पर्यटकले भरिएको स्थानीय सुलबहादुर गुरुङले बताउनुभयो । घनापोखरामा हिमपातपछि पर्यटकीय गतिविधि बढेको र पर्यटन व्यवसाय सहज बनाएको छ । एकैपटक फिस्टेल हिमाल, अन्नपूर्ण, लमजुङ पहिलो, दोस्रो र तेस्रो हिमाल, मनास्लुलगायतका एकदर्जन हिमाल नजिकबाट अवलोकन गर्न पाइने भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षित हुने गरेका छन् । गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको हो । प्रायः होमस्टे सञ्चालन भएका गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सिधै होमस्टेका लागि पुग्ने गरेका छन् ।
यूवाको आकर्षण गाउँघर र परम्परागत पेशामा भएन । सानो कक्षामा पढ्दापढ्दै छोड्ने गर्नाले रोजगारमा समस्या रहेको छ । शिक्षामा जोड नदिने र विदेशी भूमिमा काम गर्न जानेको सख्या बढदै गएको छ । बसाइसराइ बेसीसहर र पोखरा, काठमाडौँ केबल सुविधाको खोजीका लागि गर्ने गरेका छन जसमा स्वास्थ्य, शिक्षा, रोजगार आदि महत्वपूर्ण छन । बाहिरबाट बसाइसराइ गरी आउने सख्या छैन । शिक्षाको अभाव कारण परम्परागत कृषि पेशा, पशुपालन (भैसी, भेडा, गोरु, कुखुरा, बाख्रा) पालेर जीविकोपार्जन गरेको अवस्था छ । भैसी, भेडा, गोरु, कुखुरा, बाख्रा गोठमा राख्छन तर दशैको लागि तयारी गरी गाँउ घर र विभिन्न सहरमा विक्री गर्दछन । दुहुना भैसी घरमा र अरु गोठमा टाढा राख्दछन । फुपु मामाको छोरी विवाह गर्ने चलन हराउदै गएको छ । चार जाति र १६ जातिबीच वैवाहिक सम्बन्ध नरहेको अन्तर्जातीय विवाहपछि सम्वन्ध राम्रो नरहेको पाइन्छ । समयानुसार पुर्वाधारको विकासमा जोड दिएपनि सडक पिच नहुदा सास्ती रहेको छ । कृषिमा आधुनिकीकरण नहुदा र दिगो विकासमा जोड दिन समस्या रहेको छ । नसक्दा पर्ने मनाङसम्म जाने सडक विस्तार गर्नमा जोड दिएमा र स्थानीय उत्पादनमा आत्मनिर्भर बन्न सकेमा सहज हुने देखिन्छ ।
स्थानीय वर्ष २८ का ढिकेन्द्र गुरुङका अनुसार स्थानीय व्यवसायमा यूवाको आकर्षण नहुनुमा छ सात कक्षा पढ्दापढ्दै छोड्ने शिक्षामा जोड नदिने र विदेशिने कारण रहेको पाइन्छ । पहिलेका चलन फुपु मामाको छोरी विवाह गर्ने चलन हराउदै गएको छ । चार जाति र १६ जातिबीच वैवाहिक सम्बन्ध नरहेको अन्तर्जातीय विवाहपछि सम्वन्ध राम्रो नरहेको पाइन्छ । धामी–झाक्री प्रतिक विश्वास ५० प्रतिशत रहेको छ स्वास्थ्यचौकी माथि पनि ५० प्रतिशत विश्वास लामा प्रति र धामीप्रति विश्वास छ । गुुम्बामा ज्ञान लिन जाँदा माइलो छोरा लामा र माहिली छोरी झुमा रहने चलन थियो । होमस्टेमा महिला र पुरुषको संलग्नता बराबर रहेको छ । निर्णयकारी भूमिकामा महिलाको संलग्नता रहेको छ । यहाँ जनकल्याण सहकारी रहेकोले बचत गर्ने र चाहिएको बेला रकम झिक्ने गर्दछन । आम्दानी गतवर्ष कमि भएतापनि कोभिडको समयमा होमस्टेका व्यवसायीहरुको ऋण नरहेकोलेगर्दा आर्थिक रुपमा खासै असर नभएको पाइन्छ । आन्तरिक पर्यटन बढी मनोरञ्जनका लागि आउने गर्दछन । बाहिरी देशका पर्यटक केही आउनेछन तर आफै व्यवस्था गर्दछन् । उनीहरुको हलमा गएर व्यवस्था गर्दछन् । आमा समूहको गित कौडा गित, घाटु नाच प्रचलनमा रहेको रोधी हराएको रोधी हराउनुमा आधुनिक शिक्षा र सामाजिक विकृतिका कारण रहेका छन । छुवाछुत गुरुङको घरमा दलित पस्ने नगर्ने अन्तर्जातीय विवाह भए परिवारले स्विकार नगर्ने भएकाले जातिय विवाद हुने गरेको पाइन्छ । डाँडामा लगेर जलाउने चिहान जतन राख्ने, महिला पुरुषको चिहान छुट्टाछुट्टै हुने चलन छ ।
स्थानीय शारदा माविका शिक्षक सुजन ढकाल बर्ष २८का अनुसार बेसीसहरबाट हिँडेर ५–६ घण्टा र गाडीमा २–३ घण्टा लाग्ने साबिकको घनपोखरा गाउँ अहिले मस्याङदी गाउँपालिका बनेको छ । विद्यालयमा अहिलेसम्म मा बि दरबन्दीमा शिक्षक नरहेको र विद्यार्थी कम रहेको अबस्था छ । स्थानीय तहको संरचना बनेपछि मुखिया प्रथा हटेको छ । विकासका सम्भावना, पर्यटनको विकास, पुर्वाधारको विकास, शिक्षा, संचार,यातायातमा क्रमिक सुधार भएको छ ।
स्थानीय दिकेन्द्र गुरुङ बर्ष २७ का अनुसार यहाँको कृषि उत्पादनले बजार नपाएको गुनासो स्थानीयवासीको छ । कृषि पेशा गर्ने मकै, कोदो, गहुँ, आलु उत्पादन गरेपनि महंगी बढ्ने र पर्यटन आएर पनि कृषकलाई केहि फाइदा छैन । पाहुना विकासको लागि सबै सुविधा भए राम्रो हुन्थ्यो । पर्यटक आउदा होमस्टेमा बसे खाएको रकमको दस प्रतिशत सेवा शुल्क वापत कर लिने र सो रकमले गाउँमा वल्व राख्न र बत्ति बाल्ने काममा सघाउने गरेको पाइन्छ ।
स्थानीय परशुराम गुरुङ बर्ष ७४ का अनुसार पहिले धेरै रोधी बसेका स्थानीयबासीले मायाप्रेमका गीत गाउने गाउदै जादा धेरै दिनरात गाइन्थ्यो । पहिलाको सतीको समय अनि कलीको समय र अहिलेको छलीको समयले कलिलेगर्दा हटेको हो । रोधी हटेको राम्रो भएको छ किनकि यसले समाजमा धेरै बिकृति ल्याएकाले हटेको राम्रो छ भन्ने गरिन्छ ।
स्थानीय ऋषिराम गुरुङ बर्ष ५४ डोको, डालो, सेखु बुन्ने र स्थानीयस्तरमा बेचिने बढीमा एक हजारमा बेचेर जीविको पार्जन गर्ने गर्दछन । पाहुनालाई आवश्यकता अनुसारका सबै सेवा सुबिधा दिन सकेमा अति राम्रो हुने देखिन्छ ।
स्थानीय ऋषिराम गुरुङ बर्ष ६०, डोको, डालो, सेखु बुन्ने र स्थानीयस्तरमा बेचिने बढीमा चार पाँच सय र थुन्से भने आठ नौ सयमा बेचेर जीविको पार्जन गर्ने गर्नु हुन्छन । पाहुनालाई आवश्यकता अनुसारका सबै सेवा सुबिधा दिन सकेमा अति राम्रो हुने देखिन्छ ।
स्थानीय गुम गुरुङ बर्ष ४५ का अनुसार सत्र घर परिवारले होमस्टे सन्चालन गरेका र तीनवर्ष देखिको विश्वव्यापी कोभिड १९ को असर यहाँ परेको छ । व्यवसायिक रुपमा सात वर्षदेखि होमस्टे सुरु भएको पहिलो एक्यापले गरेको र अहिले समुदायले संन्चालन गरेको छ । पहिले बिदेशी आउने गरेकोमा अहिले स्वदेशी बढी आउने गरेका छन । सडकको समस्याका कारण जेठ देिख भदौसम्म यातायात ठप्प हुने गरेको छ । आलु र सिस्नु यस गाउँबाट बाहिर जानेगरेको छ । कास्कीको मादीबाट यहाँ गुरुङ जाति आएको तर सात पुस्ता भन्दा अरु थाहा नभएको अबस्था छ । अहिले घनापोखरी वडा भरि १२० घरधुरी रहेका छन ।
स्थानीय कमल गुरुङ बर्ष ३० ले संघीयतामा मानिसले धेरै अपेक्षा गरेको तर संघीयताबाट अपेक्षाकृत काम नभएकोले स्थानीयवासी उत्साहित नभएका बताउनु हुन्छ ।
स्थानीय दिलमाया गुरुङ अहिलेसम्म पनि अरुलाई नाम र उमेर भन्न नहुने भनेमा आयु घटने बताउँनु हुन्छ । उमेर नबताए पनि ७० बर्ष पार गरिसकेकी भएपनि सोही कारणले बृद्धभत्ता लिन सकेकी छैनन । दिल माया गुरुङ ऊनबाट बख्खु बनाउने काममा लागेर आठदस हजारमा बिक्री गरी जिविको पार्जन गर्नुहुन्छ । गाउँमा उहाँ जस्तै राडी, पाखी, बख्खु बुन्ने काममा बुढी आमाहरु तल्लिन हुनुहुन्छ । बख्खु, राडी बुन्न २– ३ दिन लाग्ने गरेपनि भेडाको उन कात्न भने धेरै समय लाग्नाले दुख हुने बताउनु हुन्छ ।
स्थानीय चिचिला गुरुङ बर्ष ७१ कृषि पेशा, पशुपालनमा संलग्न हुनु हुन्छ । श्रीमान भारतीय सेनामा लाहुरे भएकोले पहिले भारतका बिभिन्न स्थानमा घुमेको र अहिले आफनो गाउँको तथा जग्गाको मायाले काम गर्नै गरेको बताउनु हुन्छ । गाउँमा सबै गुरुङ भाषा बोल्ने घाटु चरित्रमा टाढा–टाढाबाट आफन्त जन आउने रमाइलो हुने गरेको बताउनु हुन्छ । दश बाह्र बर्ष पहिलेसम्म रोधी देखि प्रचलनमा रहेको भएपनि अहिले हराएको छ । दिनभर काम गरेर रातभर केटाकेटी जम्मा भएर रोधीघरमा जाने रोधीमा नाच्ने गाउने र केटी मान्छे रोधीमा गएर बस्ने केटाहरु आए र रमाइलो गर्ने राती त्यही सुत्ने वा घर जाने रमाइलो गर्ने गरिन्थ्यो । अहिले शिक्षाको कारण यो हटेको हो । विकास अपेक्षा अनुरुप हुन नसकेको उहाँले भन्नुभएको छ । गाउँमा विकासका काम पूरा भएको छैन । एक घर एक धारा पूरा भएन धारा छ पानी छैन । मोटरबाटो राम्रो भएन । यहाँको आलु, मुला, सिस्नो, रायोसाग, बोडी ,लसुन अति पर्यटको खोजीका सामान हुन ।
उहाँले बसाइ सराइको असर गाउँमा परेको केटो मान्छे बिदेश जाने र बुहारी छोरा छोरी पढाउन भन्दै बेसी शहर, पोखरा, काठमाडौं जानाले र धनीमानी उतै घर बनाएर जानाले गाउँ उजाड भएको छ । उहाँका छोराबुहारी पनि काठमाडौंमा छोराछोरी पढाउन गएका छन । धनीहरु बसाइँ सरेर गए गरिबहरु यहाँ छन् नाम कमाउन छोडेर धन कमाउन शहर गएकोमा उहाँ दुखि हुनु हुन्छ । मागी विवाह भएकी चिचिला पहिले केटाले केटी फकाउने गरेकोमा अहिले केटीले केटा फकाउँछन् यस्तो परिवर्तन आयो अचम्म छ भन्नु हुन्छ ।
गुरुङ जातिको उद्गमस्थल लमजुङको घनपोखरामा पहिलोपटक मोटर पुगेको छ । सदरमुकाम वेसीशहरदेखि उत्तरी लमजुङको खुदी, सिम्पानी, भाचे, नाँयू हुँदै घनपोखरा गाउँमा मोटर पुगेको हो । झण्डै २० किलोमीटरको सो सडक खण्डमा यसअघि खुदीको झण्डै साढे ७ किलोमीटरसम्म मोटर गुडेको थियो । गाउँमा पहिलोपटक पुगेको मिनिवसलाई स्थानीय तमू जनजागृति आमा समूहको सक्रियतामा स्थानीयवासिन्दाले भब्य स्वागत र अविरजात्रा गरेका छन् । गाउँमा मोटर पुगेको खुसीयालीमा स्थानीयवासिन्दाले भोजभतेर गरेर नाचगान गरि खुसीयाली मनाएका खुदी–सिम्पानी–घनपोखरा मोटरवाटो निर्माण तथा उपभोक्ता समितिका सचिव कृष्ण विकले बताउनु भयो ।
युवा युवतीहरुलाई विदेश पढाउने होइन स्वदेशमै रोजगार सिर्जना गरेर देशलाई आत्मनिर्भर, स्वावलम्बी बनाउने तर्फ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर देशलाई हराभरा बनाउने रणनीति तर्फ लाग्न सम्बद्ध सबै निकायले समयमै ध्यान दिन ढिला गर्नु हुदैन ।
गाउँ नै गाउँले भरिएको नेपाललाई विकास नगरेसम्म व्यक्ति, परिवार र राष्ट्र कसैको पनि हित नहुने हुँदा देशका जनशतिmलाई स्वदेशमै काम दिनुपर्छ । अब विप्रेषणबाट देश चलाउने हैन, युवा युवतीहरुलाई यस्ता उत्पादनशील क्षेत्रमा लगाई स्वावलम्बी, आत्मनिर्भर बनाएर देशको अर्थतन्त्रलाई माथि उठाउने काम गर्नुपर्दछ । यसको लागि समयमै नागरिक चेतना, सक्रियताका साथ कानुनको कार्यान्वयन, बिगतका गल्ती कमजोरी तथा बिदेशी अभ्यासबाट समयमै पाठ सिकेर अवलम्बन गर्दै प्रशासन, सरकारले र राजनीतिक शक्ति बीचको आपसी सहयोग समन्वय स्थापित गरी अबिलम्ब स्तर माथि उठाई काम गर्नुपर्ने अत्यन्त जरुरी छ ।