भारतीय पर्यटक सवार बस पल्टिदा दुई जना घाईते

आदर्श अनलाइन, जोमसोम

मुस्ताङको जोमसोमबाट बेनीतर्फ जाँदै गरेको ना १ ख ७१४१ नम्बरको रौनियार ट्राभलको बस सोमबार दिउँसो करिव ३ बजे थासाङ—१ टुकुचे र खन्तीकोबीचको कालोपत्रे सडकमा दुर्घटना भएको छ ।बसमा सवार २७ भारतीय तीर्थालु मध्ये २ जना घाईते भएका छन् ।

बाँकी २५ भारतीय तीर्थालु भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए । बसमा सवार दुई जना घाईते तीर्थालुलाई उपचारका लागि लेते प्राथमिक स्वास्थ्य केन्द्र र टुकुचे स्वास्थ्य चौकी पू¥याईएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।प्रहरीका अनुसार बसमा प्राविधिक समस्या आएपछि दुर्घटना भएको जनाईएको छ ।

दुर्घटनापछि अहिले जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कोवाङको टोली घटना स्थलमा पुगिसकेको छ । राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङको लेते देखि मार्फासम्म कालोपत्रे विस्तार भईसकेको छ । सडक कालोपत्रे भएसंगै दुर्घटना हुने क्रम बढेको प्रहरीको भनाई छ । केही महिना अघि सोही स्थानमा एक बलेरो जीप दुर्घटना भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *