कालिका कपको उपाधी मोटरहेडलाई

आदर्श अनलाइन, बागलुङ
चैते दशैँको अवसरमा बागलुङमा आयोजित कालिका कप खुल्ला भलिबल प्रतियोगिताको उपाधी मोटरहेड छन्त्याल संघ नेपालले उचाल्न सफल भएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको चैतेदशै मेलाको अवसरमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगितामा सोमबार सम्पन्न फाईनल खेलमा गलकोट समाज जापानलाई पराजित गदैं मोटरहेड उपाधी विजेता बनेको हो ।

फाईनलमा गलकोट समाज जापानलाई मोटरहेड छन्त्याल संघले ३–० काे सोझो सेटमा पराजित गदैं उपाधी बिजेता बनेको हो । संघले खेलमा क्रमश २५–१७, २५–२२ र २५–१८ को सेटमा जित निकाल्दै उपाधि बिजेता बनेको हो ।

गण्डकी प्रदेशबाट खेल्दै आएका खेलाडिलाई आवद्ध गरेको मोटरहेडले उपाधि संगैं नगद ३ लाख कालिका कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । गलकोेट नगरपालिकाका खेलाडिहरु आवद्ध गरेको गलकोट समाज जापान उपबिजेता बन्दै नगद १ लाख ५० हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

१७ समुहको सहभागिता रहेको प्रतियोगितामा पर्वत स्पोट्स क्लब तृतिय बन्दै नगद ५० हजार प्राप्त गर्दा कालिका युथ क्लब रेशले सान्त्वना पुरस्कार २५ हजार प्राप्त गर्न सफल भएको आयोजकले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *