निसीखोलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

आदर्श अनलाइन, बागलुङ

बागलुङको निसीखोला गाउँपालिका स्थित मध्यपहाडी लोकमार्गमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

रुकुमबाट बागलुङको बुर्तिवाङ तर्फ आउदै गरेको रा १ त ४११६ नम्बरको ट्याक्टर निसीखोला गाउँपालिका–६ रितिवाङमा अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वी रुकुम पुथा उत्तरगंगा गाउँपालिका–१३ वस्ने २४ वर्षका चालक सुरेन्द्र गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । यस्तै सोही स्थानकै सह–चालक प्रचण्ड शेरचन सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *