पृथ्वी बहुउद्देश्यीय सहकारीले शुरु ग¥यो मोबाईल बैंङकिङ सेवा

साधना पन्त, बागलुङ
पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखराले मोबाईल बैंंकिङ सेवा सुरु गरेको छ । संस्थाको १० औं स्थापना दिवसको अवसर पारेर मंगलवारदेखि मोबाइल बैंकिङ सेवा सुरु गरेको हो । स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शेयर सदस्यहरुलाई वित्तीय साक्षरता तालिमका साथै भित्ते पात्रो सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले आफ्ना सदस्यलाई छिटो छरितो ढंगले सहज रुपमा सेवा दिनका लागि पृथ्वी सहकारीले प्रविधिको उच्च प्रयोग गरेको बताउनुभयो । अहिलेको समय प्रविधिको उच्चतम प्रयोग गरि सवै सहकारीहरुले आफ्ना सदस्यलाई सेवा दिनुपर्नेमा कोइरालाले जोड दिनुभयो । उहाँले तालिममा बसेर सिकेका कुरा आफ्नो जिवनमा मात्र नभएर आफ्ना साथीभाईलाई समेत सिकाएर वित्तीय रुपमा आफु र आफ्नो समाजलाई सवल बनाउन सहभागीलाई आग्रह गर्नुभयो ।

No description available.

कोइरालाले सहकारी संस्थालाई राम्रो बनाउन संचालक समिति र कार्मचारी मात्र लागेर नहुने भन्दै सम्पुर्ण शेयर सदस्य एकजुट भएर सहकारीको विकासका लागि संस्थाका हरेक गतिविधिमा सकृय सहभागीता हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष ओम बहादुर कार्कीले संस्थाले छोटो समयमा धेरै प्रगति गरेको भन्दै थप सफलताका लागि शुभकामना दिनुभयो । संस्थाले स्थापनाकाल देखि नै सहकारीको नीति नियमलाइ पछ्याउदै, आफ्ना सदस्यको हितमा रहेर कामहरु गर्दै आएको कार्कीले बताउनु भयो । कार्कीले सहकारीले आफ्ना सदस्य, कर्मचारी र संचालक समितिको क्षमता विकासका लागि विभिन्न खालका तालिम गोष्ठी गर्दै आएको समेत बताउनु भयो ।

No description available.

स्थापना दिवसको अवसरमा राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रवन्धक नरेश पाण्डे र पृथ्वी बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रवन्धक मोहन प्रसाद अधिकारीले वित्तीय साक्ष्यरता तालिम र एम बैंंकिङका संस्थापक सिइओ सञ्जय महासेठले मोबाइल बैंकिङको बारेमा तालिम दिनुभएको थियो ।

कार्यक्रममा प्राइम बैंक बिरौटा शाखाका प्रवन्धक मोहन थापा, संस्थाका सल्लाहकार केदारनाथ अधिकारी, शेयर सदस्यको तर्फबाट शेयर सदस्य आसु गुरुङ र प्रशिक्षार्थीको तर्फबाट संस्थाका शिक्षा उपसमितिका सदस्य उत्सव मुल्मीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सहकारीको स्थापना दिवस पारेर पोखरा ६ बुलौदी स्थित कोपिला नेपाल संस्थामा रहेका महिलाहरुलाई सेनिटरी प्याड, खाद्यान अति आवश्यक सामाग्री ३० हजार बराबरको सामाग्री वितरण गरेको संस्थाका महाप्रवन्धक मोहन प्रसाद अधिकारीले जानकारी दिनुभयो । संस्थामा ६१ करोडको वासलात, ३७ करोड बचत र २४ सय ७६ जना शेयर सदस्य रहेको अधिकारीले जानकारी दिनुभयो ।

No description available.

कार्यक्रम संस्थाका अध्यक्ष किरण बञ्जाराको अध्यक्षता, उपाध्यक्ष कृष्ण कुमार मुल्मीको स्वागत, संस्थाका संचालक समिति सदस्य तथा महिला उपसमितिका संयोजक रश्मी अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *