प्रिय अभिभावक, बच्चालाई ‘मोवाइल एडिक्ट’ नबनाउनुस्

सम्पादकीय
अधिकांश बालबालिका अहिले मोवाइलमा झुण्डिरहेका हुन्छन् । उनीहरु कतै घुम्ने र खेल्न जाने भन्ने बिषय र अभ्यास दुर्लभ प्रायः भइसकेको छ । हरनानी बाबुलाई अभिभावकले कतै घुम्न, खेल्न पठाउने भन्दा घरमै मोवाइल दिनमै सजिलो विकल्पका रुपमा अपनाउन थालेका छन् । यसले हाम्रा बालबालिकाको मनोविज्ञानमा गम्भिर असर परेको छ । अहिले एकातिर हजुरआमा बुवा र अर्को तिर बालबालिका एक्लो भइरहेका छन् । यो कुरामा कत्ति हेक्का छैन । यो बिषयमा अरु सरोकारवाला पनि उदासिन जस्ता या बेवास्ता गरे जस्ता देखिन्छन् । बिषयको गम्भिरता देखाएको आभाष हुँदैन । अतः अभिभावकले नै जानी नजानी आफ्ना बालबालिकालाई मोवाइल एडिक्ट बनाइरहेका छन् ।

हामीले धेरै घरमा देख्छौ–बच्चाको अगाडि प्लेटमा खाना राखिएको हुन्छ । बच्चाको आँखा र ध्यान भने मोबाइलमै गइरहेको हुन्छ । मोबाइलमा कुनै गेम, कार्टुन वा गीतका अनेकनक भिडियो देखाइन्छ । र बच्चालाई खाना खुवाइन्छ । तत्कालका लागि बच्चालाई खाना खुवाउन यो सरल उपाय त हुन सक्छ । तर, अभिभावकलाई आँफुले बालबच्चालाई मोवाइल, टिभी एडिक्ट बनाइरहको र यसको भोलीका दिनमा आँफुले गम्भिर पश्चाताप गर्नुपर्ने सवालमा यथोचित ध्यान पुगेको छैन । खासमा बालबालिकाको हातमा हुनुपर्ने के हो ? पोखरामा चलिरहेको नेपाल साहित्य सम्मेलनको दोस्रो दिनको एउटा सत्रमा ‘बालबालिकाको हातमा मोबाइल कि पुस्तक ?’ बिषयक छलफलमा गम्भिर सवाल चल्यो । मनोपरामर्शदाता करुणा कुँवर, विद्यालयमा सामाजिक शिक्षालाई नेपालीमा बनाउने अभियान चलाइरहेका डा. वसन्त गौतम र साहित्यकार तथा लेखक बिना थिङ तामाङले मोबाइल बालबालिकाको होइन, अभिभावकको समस्या भएको बताए । अभिभावकले आफूलाई कसरी सहज हुन्छ भनेर सोचिरहेका हुन्छन् । बालबालिकाका विषयमा सोच्दैनन् । यदि अभिभावक सचेत भएको भए आज यो विषयमा छलफल नै गर्नु पर्दैनथ्यो ।’ उनीहरुको चेतावनी सहितको एउटै स्वर थियो– ‘अभिभावकले बालबालिकालाई कोकिन दिइरहनुभएको छ, आफैं पनि खाइरहनु भएको छ ।’ स्क्रिन टचवाला ग्याजेटको अत्याधिक प्रयोगले प्रश्न गर्ने दिमागलाई कोकिन प्रयोग गरेजत्तिकै असर गर्ने अध्ययनहरुले देखाएको छ । र, इन्टरनेट एडिक्सनमा लाग्ने रोगलाई सेल्फी टी भनेर नामाकरण गरिएको छ । अत्याधिक मोबाइल प्रयोगका कारण छटपटाउने, नखाने, नसुत्ने र बिरामी पर्दै जाने समस्या बालबालिकामा देखिने गरेको छ ।

मोवाइल या पछिल्ला विकसित प्रविधि साध्य होइनन्, साधन हुन् भन्ने बुझाई र प्रयोगमा अझै समस्या बिद्यमान देखिएको छ । जसका कारण ११ वर्षमाथि सबैभन्दा बढी टिनऐजमै धेरै साइबर क्राइमका घटना भइरहेको छ । अभिभावकले बालबालिकालाई मोवाइल ग्याजेट दिँदा गर्वको महसुस गर्न परिपाटीको तिव्र विकास भएको छ । मोवाइल या टिभीमा अधिकाशं समयमा भुल्दा त्यसले बालबालिकाको सिर्जनशिलता र कल्पनाशिलता मरिरहेको छ । स्वयम् अभिभावक आफै पनि मोवाइलमा कति समय भुल्छौ भन्ने पनि सोचनीय बिषय छ । यो कुनै एक व्यक्ति या घरको समस्या नभई हर व्यक्ति र घर घरको समस्या भएको छ । अब फेरी एक पटक हर अभिभावकले आफ्ना बालबालिका पढाउन मोवाइल ग्याजेट होइन, किताब चाहिन्छ भन्ने महुशुस जरुर गर्नुपर्छ । मोवाइलबारे बालबालिकालाई बेखवर होइन,प्रयोग गर्न दिए पनि मोवाइल दुव्र्यसनमा नफस्ने गरि दिनुपर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *