आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा तथा राहत रकम हस्तान्तरण

आदर्श अनलाईन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलङले शेयर सदस्य मुनादेवी शर्मा र सुधा शर्माका ससुरा कुल प्रसाद उपाध्यायको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । बागलुङ नगरपालिका–३ निवासी कुलप्रसाद उपाध्यायको ७० वर्षको उमेरमा मंसिर १९ गते निधन भएको थियो ।

उपाध्यायको निधन भएको १२ औं दिनको पुण्य तिथि पारेर आदर्र्श सञ्चार सहकारीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी अञ्जु, सह–सचिव सरस्वती खड्का परियार, कोषाध्यक्ष पूर्णबहादुर कार्की, सञ्चालक शान्ति श्रेष्ठ, अम्बिका जि.सीले संस्थाको नियम अनुसार सेयर सदस्यका आफ्न्तको निधनमा प्रदान गरिने ५ हजार रुपैयाको दरले दुईजना सदस्यहरुको १० हजार रुपैया हस्तान्तरण गर्नुभएको थियो ।

साविक धौलागिरि अञ्चलकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले शेयर सदस्यको परिवारका सदस्यको निधनमा ५ हजार र सेयर सदस्यको निधन भएमा १५ हजार रुपैया मृत्यु राहत स्वरुप हस्तान्तरण गर्दै आएको छ ।

सूचना र सञ्चार अन्तर्गत धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन गर्दै आइरहेको आदर्श सञ्चार सहकारीले वित्तीय, सञ्चार र सहकारी सम्बन्धी विभिन्न कार्यक्रमका साथै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । श्रद्धाञ्जली सभा संस्थाका कर्मचारी सुरज बोहराको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *