एमालेलाई पहिलो पार्टी बनाउन जनस्तरबाट लाग्नु पर्छ–केसी

आदर्श अनलाइन, बागलुङ
संघीय सांसद तथा नेकपा एमालेको पोलिट ब्यूरो सदस्य मनकुमारी केसीले एमाललाई स्थानीय निर्वाचनमा पहिलो पार्टी बनाउन जनस्तरबाट लाग्नु पर्ने बताउनुभयो । एमाले निकट अखिल नेपाल महिला संघ बागलुङले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै केसीले पार्टीलाई सशक्त बनाउन महिला संघको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उहाँले आगामी निर्माचनमा रहेक पालिकामा ३३ प्रतिशत महिलालाई समेट्नु पर्नेमा जोड दिँदै महिलाहरु सक्षम र क्षमतावान भन्नुपर्नेमा जोड दिनुभयो । महिला उपमात्रै नभई प्रमुख पदमै आउनु पर्ने भन्दै त्यसका लागि महिलाहरु जागरुक बन्ने पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद तथा अखिनेपाल महिला संघ बागलुङकी निवर्तमान अध्यक्ष साबित्रा राना, नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा अनेम संघको नव निर्वाचित समितिले अधिवेनमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

कार्यक्रममा संघकी अध्यक्ष लक्ष्मी बोहोराको अध्यक्षता, उपाध्यक्ष चित्रा श्रीसको स्वागत र सचिव बिनाकुमारी थापाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *