मित्र मिलन साकोसको वार्षिकोत्सवमा जेष्ठ नागरिकहरु सम्मानित

आदर्श अनलाइन, पोखरा
मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्कीले शुक्रबार नवौ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारेर संस्थाले पोखरा–२२ पुम्दीभुम्दीमा रहेको आदर्श जेष्ठ नागरिक समितिका ९ जना जेष्ठ नागरिकहरुलाई प्रतिव्यक्ती ९ सय नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।

जेष्ठ नागरिकहरु लक्ष्मी बराल, लेखनाथ बराल, देवीलाल बराल, टुल्की बराल, पोतनाथ बराल, धनरुपा बराल, बसन्धरी बराल, तारापति बराल र नरहरि बराललाई सम्मानीत गरिएको हो । कार्यक्रममा सहकारीले संस्थाका लागि २५ थान कुर्सी र एक थान फाइल दराज समेत हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका २२ का वडा अध्यक्ष मित्रलाल बरालले ‘‘मित्रमिलनले जेष्ठ नागरिकहरुलाई सम्मान गरेर सामाजिक उत्तरदायित्व पुरा गरेको बताउनु भयो । उहाँले वडाका तर्फबाट पनि जेष्ठ नागरिकहरुका लागि सहयोग भइरहेको भन्दै पोखरेली परिवेशमा छुट्टै पहिचान बनाउन सफल मित्र मिलनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

राष्ट्रिय सहकारी बैँक पोखरा शाखाका प्रमुख नरेश पाण्डेले मित्रमिलन सहकारीले सहकारीहरुका बीचमा आफ्नो विशेष पहिचान बनाएर अघि बढेको बताउनु भयो । पाण्डेले अहिलेका युवापुस्ताहरुको पनि सहकारी प्रति चासो बढेको भन्दै सहकारी बाल बच्चा देखि वृद्धा वृद्धासम्मका लागि रहेको बताउनु भयो । सहकारीले आर्थिक मात्र नभएर सामाजिक काममा पनि आफ्नो महत्वपुर्ण भुमिका निर्वाह गरेको पाण्डेले बताउनु भयो ।

कार्यक्रममा आदर्श जेष्ठ नागरिक समितिका अध्यक्ष तथा पूर्व वडाध्यक्ष खडानन्द बराल, शुक्रराज माविका प्रधानाध्यापक नरनाथ बराल, आदर्श जेष्ठ नागरिक समितिका व्यवस्थापक भुवानीप्रसाद बराल र सम्मानित जेष्ठ नागरिकको तर्फबाट तारापति बरालले शुुभकामना मन्तव्य राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष रमण पौडेलको अध्यक्षता, लेखा समिति सदस्य प्रतिक लामिछानेको स्वागत, सल्लाहकार दण्डपाणि बरालको संयोजन संस्थाका सदस्य गोपाल खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *