निर्वाचनको घोषणापत्रका लागि राजनीतिक दलहरुलाई महासंघका सुझाव पेश

आदर्श अनलाइन, बागलुङ
आगामी स्थानीय निर्वाचनका क्रममा तयार पार्ने राजनीतिक दलहरुको घोषणापत्रमा सहकारीलाई प्राथमिकता दिन राष्ट्रिय सहकारी महासंघ नेपालले माग गरेको छ ।

संविधानले किटान गरेको समाजवाद उन्मुख अर्थतन्त्रका लागि तीन खम्बे अर्थनीति अन्तरगतको एउटा महत्वपूर्ण खम्बा सहकारीलाई प्राथमिकतामा राखेर घोषणापत्र तयार पार्न महासंघले माग गरेको हो ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरुका घोषणापत्रमा नेपालको संविधानले परिकल्पना गरे अनुरुप स्थानीय दीगो एवं सामाजिक न्यायमा आधारित आर्थिक विकास र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको आधार मानिएको सहकारी आर्थिक मोडेललाई प्राथमिकतामा राख्न महासंघले दलहरुलाई आव्हान गरेको छ ।

दलहरुका घोषणपत्रमा आफ्ना आर्थिक सामाजिक विकासका प्रतिवद्धताहरु तयार गर्दा सहकारी क्षेत्रका लागि समावेश गर्नु पर्ने नीतिगत प्रतिवद्धताहरु समावेश गर्न महासंघले ७ बुदे सुझाव परेको गरेको हो ।

महासंघले सुझावमा सबल सहकारी, समृद्ध पालिका निर्माणका लागि सबै पालिकाहरुमा स्थानीय संभाव्यता र आवश्यकताका आधारमा सहकारी संघ संस्थाहरुले व्यवसायिक क्रियाकलाप सञ्चालन गर्ने नीतिगत व्यवस्था मिलाउन माग गरेको छ ।

यसैगरी सहकारी क्षेत्रको पूँजिलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै व्यवसायिक कृषि तथा गैरकृषि उत्पादन, उत्पादक र उपभोक्ताबीच सोझै सम्पर्क हुने आपूर्ति श्रृखलाको विकास, पूर्वाधार निर्माण र बजारीकरणमार्फत स्थानीय उत्पादन स्थानीय उपभोगलाई प्रवद्र्धन गर्ने नीीतगत व्यवस्था मिलाउन महासंघले सुझाव दिएको छ ।

बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको श्रम, सीप र अनुभवलाई स्थानीय स्तरमा परिचालन गर्न तथा युवा स्वरोजगार सिर्जना गर्न सहकारीमार्फत प्रविधिमैत्री सामाजिक उद्यमशिलताको विकास गर्न प्रोत्साहन गर्ने नीति लिइनु पर्ने, स्थानीय आर्थिक तथा सामाजिक विकासका लागि स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, पर्यटन प्रवद्र्धन, फोहोरमैला व्यवस्थापन, उर्जा विकास लगायतका प्राथमिकताका क्षेत्रमा स्थानीय सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रको साझेदारी मोडललाई अगाडि बढाउन पर्ने सुझाव महासंघले दिएको छ ।

सहकारी क्षेत्रमा सुशासन कायम गरी मर्यादित बनाउन पालिकास्तरमा प्रभावकारी नियमन तथा प्रवद्र्धन गर्न स्थानीय सरकार र सहकारी अभियानबीच संयुक्त कार्यक्रमहरु सञ्चालन गरिनु पर्ने सुझाव दिदै महासंघले सहकारीको व्यवसायिकीकरण तथा गुणात्मक विकासका लागि सहकारीहरुबीच एकीकरणलाई प्रोत्साहन गरिनु पर्ने र समृद्ध नेपाल सुखी नेपाली दीर्घकालिन लक्ष्य पुरा गर्न एवं दीगो विकास लक्ष्यको स्थानीयकरण गर्न सहकारी संघ संस्थामार्फत लक्षित कार्यक्रम सञ्चालन गरिनु पर्ने सुझाव पेश गरिएको महासंघका अध्यक्ष मिनराज कंडेलले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *