दुर्लुङ समाज पोखराको प्रथम साधारण सभा

दिपेन्द्र पौडेल, पोखरा
संघीय सांसद पदम गिरीले पवर्तको दुर्लुङबाट पोखराका विभिन्न स्थानमा बसोबास गर्दै आएकाहरुलाई सधै एक आपसमा भाइचारको सम्बन्ध विस्तार गर्न आग्रह गर्नुभएको छ ।

दुर्लुङ समाज पोखराको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद गिरीले पेश व्यवसाय र रोजगारीको सिलसिलामा जहाँ रहे पनि आफ्नो जन्मगाउँको विकास र सम्वृद्धिको लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

सांसद गिरीले भत्किएका पोखरी, थोत्रिएका घर र पाटी पौवा, कुवा धारा र स्कुलको संरक्षण र विकासमा हातमा हात मिलाएर अगाडी बढनुपर्ने बताउनुभएको हो । उहाँले गाउँमा स्वास्थ्य संस्था निर्माण गर्न र गुणस्तरिय शिक्षा पर्वद्धन गर्नको लागि सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा सांसद लालकाजी गुरुङले समाज परिवर्तन र विकासको लागि राजनिति भन्दा माथी उठेर सबै एकजुट हुनुपर्ने बताउनुभएको थियो । उहाँले दुर्लङको विकासको लागि देश तथा विदेशका विभिन्न स्थानमा रहेका दुर्लुङ बासीहरुले सहयोग र सहकार्य गर्नुपर्ने बताउनुभयो ।

साधारण सभाको अवसरमा जेष्ठ नागरिक क्याप्टेन तेजबहादुर गुरुङ, इश्वरी प्रसाद सुवेदी, शिवजी गुरुङ, दिपक प्रसाद शर्मा, लक्ष्मण शर्मा, विराज शर्मा, जीवन गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रममा समाजका सल्लाहकार कृष्ण प्रसाद उपाध्याय, लक्ष्मण गिरी, वडा अध्यक्ष तेजप्रसाद पाध्या, ग्रामिण व्यवसायी समिति दुर्लुङका अध्यक्ष दिर्पा विवेक समितिका अध्यक्ष महेन्द्र गुरुङ लगाएतले बोल्नुभएको थियो ।

साधारणसभाले बाबुराम शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा क्याप्टेन कुल बहादुर गुरुङ, दित्तिय उपाध्यक्षमा टेक बहादु विक , सचिवमा अधिवक्ता ईश्वरी पौडेल, सहसचिव बुद्धि प्रसाद शर्मा, कोषाध्यक्ष सावित्री पोखरेल, सदस्यहरुमा राधा शर्मा, सन्तोष गिरी, भिम राज शर्मा, राम बहादुर थापा र रविन पोखरेल चयन हुनुभएको छ ।

कार्यक्रम सचिव कृष्ण प्रसाद शर्माको सञ्चालन, प्रथम उपाध्यक्ष तिलक प्रसाद शर्माको स्वागत तथा अध्यक्ष बाबुराम शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *