मेलामा सर्वाधिक रुचाइए प्रमोद खरेल


खेमराज गौतम, बागलुङ

बागलुङमा चैते दशैं मेला सकिएको दुई दिन पछि पुन नयाँ वर्षको मेला शुरु भयो । वैशाख १ देखि शुरु भएको मेला ३ गते राती अबेर सकियो । पाँच दिन चलेको चैत्राष्टमी मेला र तीन दिन चलेको नयाँ वर्ष मेलाले बागलुङमा कलाकारहरुको लर्कोनै लाग्यो । मेला अवधीभर दर्शकहरुको चाप समेत थेगि नसक्नु रहेको पाइयो भने मेला अवधीभर सर्वाधिक रुपमा सांगीतिक प्रस्तुतीमा रुचाइएका गाएक प्रमोद खरेल रहेको पाइयो ।

वैशाख ३ गते नयाँ वर्ष मेलाकोे अन्तिम दिन आधुनिक गायक प्रमोद खरेलको प्रस्तुतीले रातको १०ः३० सम्म दर्शक झुमे । गायक प्रमोद खरेलले शुरुमा दुखदायी र पीडा युक्त गित बाट शुरु गरेर अन्त्यमा दर्शकलाई नचाएर धुलो उडाउने गीत सम्म गाएका थिए ।

गायक खरेलले प्रस्ततुती दिनेक्रममा नयाँ वर्षको मेलाको माहोल निकै तातेको मात्रै थिएन दर्शको रोजाई अनुसार गीत दोहो¥याउनु समेत परेको थियो । खरेलको प्रस्ततुती चैते दशैं मेला र नयाँ वर्ष मेलामा सर्वाधिक रुचाइएका गाएकमा पर्नुभएको छ । खरेलले प्रस्तुती दिने क्रममा दर्शकलाई नियन्त्रणमा ल्याउन प्रहरीलाई समेत हम्मे हम्मे परेको थियो ।

आधुनिक गायक खरेलले म बाचेकै तिमि संग माया लाउन, म बिना कसैकसैलाई मुस्किल छ पोखरामा, ढाटेको होईन, यो कुरा गोप्य, रातो टिका निधारमा, ओई झुमा झुम्का वाली लगायतका गित गाउनुभएको थियो । खरेलले गीत गाउँने क्रममा दर्शकहरुले आफ्नो गीत रचाइएका कारण दोहो¥याएरर गाउँनु परेको बताउनुभएको छ । गायक खरेलले यो कुरा गोप्य गीतलाई दोहो¥याउनु परेको थियो ।

मेलामा खरेरको प्रस्तुतीमा धुलो उडाउने क्रममा स्वयंसेवक र सुरक्षाक्रर्मीलाई भने तनाव भएको थियो । दर्शकहरु मञ्च तर्फ आउन थालेपछि प्रहरीले बल प्रयोग समेत गर्नुपरेको थियो । गुठी युनाइटेड क्लवको आयोजनामा बागलुङमा नेपाली नयाँ वर्षको अवसरमा पहिलो पटक मेला आयोजना गरिएको थियो । मेला अवधीभर सरिता खत्री ‘हाउडे माया’, सन्तोष बस्याल, रिना केसी र गणेश पौडेल लगायतले सांगीतिक प्रस्तुती दिएका थिए ।

यस्तै बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले चैते दशैका अवसरमा चैत २४ देखि २८ गते सम्म चैते दशै मेलाको आयोजना गरेको थियो । मेलामा असिना पानीले केही समस्या पारेपनि दर्शकको कमी भने भएको थिएन ।

मेलाको अवसरमा गायक प्रकाश सपुतले दर्शकको माग अनुसार रातको ११ बजेसम्म प्रस्ततुती दिएका थिए । मेलामा प्रकाश सपुतको प्रस्तुतीलाई समेत निकै रुचाइएको थियो । चैते दशैको पाँच दिने मेलामा निकै रुचाइएका प्रकाश सपुतले बोल माया गीतबाट दर्शकलाई रुवाए भने ब्याटल दोहोरीबाट दर्शकलाई नचाएका थिए ।

मेला अवधीभर आधुनिक गाएक शिव परिवार, धानेश्वर गौतम, र विष्णु खत्री लगायतले प्रस्तुती दिएका थिए । प्रस्तुतीका क्रममा गाएकहरुले अन्य स्थानमा भन्दा बागलुङमा दर्शकहरुको चाप र हौशला बढी भएको प्रतिकृया दिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *