ढोरपाटन नगर प्रमुखमा एमालेबाट नेपाली सर्वसम्मत


आदर्श अनलाइन, बागलुङ

बागलुङको ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेले देव कुमार नेपालीलाई सर्वसम्मत सिफारिस गरेको छ ।

बाहालवाला नगरप्रमुख नेपालीलाई नेकपा एमाले ढोरपाटन नगर कमिटिले आगमी स्थानीय तहको निर्वाचनमा पुन नगर प्रमुखको उम्मेद्वार उठाउने निर्णय गरेको नेकपा एमाले ढोरपाटन नगर कमिटिका सचिव ज्ञान प्रसाद कंडेलले जानकारी दिनुभयो ।

यस्तै नगर उपप्रमुखमा नगर कमिटिले दूई जनाको नाम सिफारिस गर्ने निर्णय गरेको जनाएको छ । नगर उपप्रमुखमा बाहालवाला नगर उपप्रमुख करमती पुन र एमाले जिल्ला कमिटि सदस्य अस्मिता भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको एमाले ढोरपाटन नगर कमिटिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *