राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीद्वारा पौडेल र चापागाई सम्मनित

आर्दश अनलाइन, पोखरा
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, कास्कीले सदस्य रचित पौडेल र अर्चना चापागाईलाई सम्मान गरेको छ । नयाँ वर्ष २०७९ सालको शुभकामना आदन प्रदान कार्यक्रम र भित्तेपात्रो बिमोचन कार्यक्रममा पौडेल र चापागाईलाई सम्मान गरेको हो ।

क्यालेन्डर बिमोचन गर्दौ प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष प्रजापति पराजुलीले संस्थागत विकासका लागि सबै कलाकार एकजुट हुनुपर्नेमा जोड दिनुभयो । निर्वाचनका बेला आउने र पदका लागि र्निाचनमा जाने प्रवृत्तिले गर्दा संस्था बलियो हुन नसकेको भन्दै कलाकारहरु लोक दोहोरी क्षेत्रमा देखिएको विकृतिलाई चिर्दै एक भएर लाग्नुपर्ने बताउनुभयो ।

प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले संस्था बलियो बनाउन रचनात्मक काम गर्नु पर्ने भन्दै कास्की प्रतिष्ठान हरेक काममा अब्बल रहेको ।

कार्यक्रममा केन्द्रले आयोजना गरेको टुबोर्ग दोहोरी गीत प्रतियोगितामा कास्कीका महिला कलाकार अर्चना चापागाई सर्वोष्कृष्ट गायिकामा छनोट भएको भन्दै कास्कीले सम्मान गरेको थियो । सबैभन्दा बढी रकम उठाएको भन्दै प्रतिष्ठान कास्कीका सदस्य रचित पौडेललाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रतिष्ठान नेपालका सचिव तथा गण्डकी प्रदेशका संयोजक जीवन दाहाल, प्रतिष्ठान गण्डकी प्रदेशका तत्कालिन संयोजक तारापति सुवेदी, प्रतिष्ठान गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङ, प्रतिष्ठान कास्कीका सल्लाहाकार निलकण्ठ आचार्य, पत्रकार श्याम कुँवर लगायतले लोक दोहोरी क्षेत्रको बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष टेक क्षेत्रीको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष ज्ञानेश्वर सुबेदीको स्वागत, सचिव माधब चापागाईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *