आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यको आफन्तको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

संस्थाका शेयर सदस्य बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना निवासी तेजबहादुर खत्रीको आमा नन्दकली खत्रीको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

खत्रीको ९ औं दिनको पुण्यतिथी पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अनन्तबहादुर खड्का, कोषाध्यक्ष पूर्णबहादुर कार्की संचालक गीता खड्का लगायतले घरमै पुगेर शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद ५ हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

धौलागिरी अञ्चलकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापना भएको आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *