एन्फा बागलुङको अध्यक्षमा राजभण्डारी

रोहन जि.सी बागलुङ

जिल्ला फुटबल संघ (एन्फा) बागलुङको अध्यक्षमा जय राजभण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । बिहीबारदेखि शुरुभै शनिबार सम्पन्न भएको जिल्ला फुटबल संघ (एन्फा)को छैठौ जिल्ला अधिवेशनले राजभण्डारीको अध्यक्षमा नयाँ समिति चयन गरेको हो ।

फुटबल संघको उपाध्यक्षमा राजकुमार शर्मा, राहुल बोहोरा र विकास थापा चयन हुनु भएको छ । मानार्थ उपाध्यक्षमा सुरज खड्कालाई चयन गरिएको छ भने संघको महासचिवमा रेशम गोतामे, उप महासचिवमा सतिष केसी, कोषाध्यक्षमा सुर्य लामिछाने र सह कोषाध्यक्षमा कमल बोहोरा चयन हुनु भएको छ ।

त्यस्तै महिला सदस्यमा रुविना थापा, खुल्ला सदस्यहरुमा लोकबहादुर खड्का, प्रेम बुढा मगर, अविनास केसी, हरिबहादुर भण्डारी, जिवन रोका, सुरेश किसान, सुवास बोसेल, प्रमल थापा, सज्जन खड्का र अविनास बोसेल चयन हुनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *