मोदी गाउँपालिकाका प्रवक्ता लामिछानेले फिर्ता गरे सरकारी सवारी

आदर्श अनलाइन, पर्वत

मोदी गाउँपालिका–६ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेले मोटरसाइकल फिर्ता गर्नुभएको छ ।

गाउँपालिकाबाट सुविधाको रुपमा प्राप्त गरि प्रयोग गर्दै आएको ध १ प ५८३ पल्सर २२० सिसिको मोटरसाइकल लामिछानेले गाउँपालिकालाई फिर्ता गर्नुभएको हो ।

आफु वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा केन्द्रीत हुने भन्दै लामिछानले निर्वाचन आचार संहिता अनुसार सरकारी सवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीलाई हस्तान्तरण गरेको बताउनुभयो ।

लामिछानेले निर्वाचन केन्द्रीत हुने र चुनाव प्रचार प्रसारमा लाग्ने भन्दै सरकारी सवारी साधन फिर्ता गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान बहादुर क्षेत्रीले बताउनुभयो । ‘गाउँपालिका १३ जना जनप्रतिनिधिले २ वटा चार पाङग्रे र ११ वटा मोटरसाइकल प्रयोग गर्दै आउनुभएको छ, क्षेत्रीले भन्नुभयो ‘तर निर्वाचन केन्द्रीत हुने भन्दै सवारी फिर्ता गर्ने लामिछाने पहिलो जनप्रतिनिधी हुनुहुन्छ ।’

२०७४ सालको निर्वाचनमा अत्याधिक मतान्तरमा मोदी गाउँपालिका–६ तिलाहारको वडा अध्यक्षमा निर्वाचित लामिछाने २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगको निर्णय बमोजिम सरकारी सुविधा फिर्ता गर्ने पर्वत जिल्लाको पहिलो जनप्रतिनिधी हुन् ।

नेकपा एमाले पवर्तको उप–सचिव लामिछाने वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मोदी गाउँपालिकाको अध्यक्ष पदको आकांक्षी हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *