सिप हस्तान्तरण नहुँदा लोप हुँदै बागलुङको पुख्यौली पेसा

आदर्श अनलाइन, बागलुङ

बागलुङको बडिगाड गाउँपालिका–४ जलजला चुयाँको उत्पादन सामाग्रीको रुपमा प्रख्यात थियो कुनै बेला । जलजलका शशिराम बिकले १५ वर्षको उमेरमा चोयाँका सामाग्री उत्पादन गर्न सिक्नुभयो । बुबा धन बहादुरबाट चोयाँका सामाग्री उत्पादन गर्न सिक्नुभएको शशिरामले आफ्ना तीन छोरालाई उक्त सिप सिकाउन भने सक्नु भएको छैन ।

परम्परागत र पुख्यौली पेशाले जीवन धान्नै समस्या भएको, झन्झटिलो हुँने, बढी समय खर्च हुँने र सोचेजस्तो विक्रि हुँन छोडेकाले अहिले पुख्यौली पेशा छोराहरुलाई सिकाउन समस्या भएको शशिराम बिकको भनाई छ ।

जलजलका शशिराम जस्तै गाउँका २५ भन्दा बढी घरको आम्दानीको स्रोत थियो निगालाको चोयाँबाट निर्माण गरिएको मान्दो्र, थुन्से, भकारी, डाला र नाग्ला । तर पछिल्लो समय सिप हस्तान्तरण नहुँदा यो पेशा लोप हुँने अवस्थामा छ । २८ वर्ष देखि चोयाँका मान्द्र, थुन्से, भकारी, डाला र नाग्ला उत्पादन गरी विक्रि गर्दै आउनुभएका बिकले अहिले त्यही पेशा आफूलाई घाँडो भएको बताउनुहुन्छ ।

उहाँले जीन गुजारा चलाउनै मुस्किल होला भनेर सोचेकै थिएन तर अहिले चोयाँको सामाग्री बिक्रि हुँनेै छाडेको छ । निगालोको चोयाँबाट उत्पादन भएका सामाग्री गाउँ–घरमा खेतीपातीको काम गर्नेहरुका लागि अत्यावश्यक भएपनि विस्तारै खरिद गर्न समेत छोडेका छन् ।

“मेरा एक छोरी र तीन छोरा छन्, छोरीको बिबाह भयो छोराहरु विदेश जाने आउने गर्छन, मैले बाबाबाट यो सिप सिके, छोराहरुले पनी पुख्यौली सिप सिके काम लाग्थ्यो भन्ने लाग्छ, तर कमाई नहुँदा म आफै निराश बन्दै गइरहेको छु” बिकले भन्नुभयो “अहिले गाउँमा चोयाँका उत्पादित सामाग्री बनाउने मान्छेको अभाव भइसक्यो, मेरो घरमा म नभएपछि यो पेशा बन्द हुँने देखियो, छोराछोरीले सिप सिक्न चाहेनन् ।” बिकले अहिले चोयाँका सामाग्री समेत कम विक्रि हुँनु र पुस्ता हस्तान्तरण नहुँदा यो पेशा लोप हुँने अवस्था आएको दुखेसो गर्नुभयो ।

बागलुङको बलेवा स्थित अमलाचौरमा अहिले नौ परिवारले काठको ठेकी बनाउने पेशा थाम्दै आएका छन् । शुरुमा २० चुदारा परिवारले ठेकाठेकी बनाउने पेशा अगाल्दै आएपनि विस्तारै बैदेशिक रोजगारी प्रतिको आकर्षण, पछिल्लो पुस्ताको बेवास्ता र स्पि पछिल्लो पुस्तामा हस्तान्तरण नुहँदा ठेकाठेकी बनाउने पेसा लोप हुँने खतरामा पुगेको प्रेम बहादुर चुदाराले बताउनुभयो ।

“अहिले मुस्किलले ९ परिवारकाले मात्रै परम्परागत विधिबाट ठेकी बनाउने कार्य गर्दै आएका छौं, आधुनिक उपकरणको विकासले ठेकीको व्यापार कम भइसक्यो” चुदाराले भन्नुभयो “पहिलो धेरै जना थियौ, अहिले कम भइयो, नयाँ पुस्ताले सिक्नै चाहेनन्, विदेशको मोह छ, हाम्रै छोरा नातीले सिक्न चाहेनन्, त्यसैले लोप हुँने अवस्थामा पुग्यो ।” बलेवाका चुदारा परिवार गुल्मी जिल्ला सम्म पुगेर दार र गुराँसको काठ किनेर ठेका ठेकी बनाएर विक्रि गर्दै आएका छन् ।

बागलुङको पहिचानसंग जोडिएको बाँसको निगालोमा खोपेर बनाइने चित्र(बुट्टेनली) अहिले देखिनै छोड्यो । पुस्तामा सिप हस्तान्तरण नहुँदा बागलुङ बजारमा एक जना मात्रैले बुट्टेनली बनाउदै आउनुभएको छ ।

सिप सिकाउन खोज्दा समेत कसैले सिक्न नचाहेका कारण बुट्टेनली संकटमा पर्न थालेको बसन्तजंग राजभण्डारीले गुनासो गर्दै आउनुभएको छ । बागलुङको पहिचानका रुपमा रहेको हाते कागज, बुट्टेनली, ठेकाठेकी, नाङ्ला र डाला बनाउने पेशा लोप हुँने अवस्थामा आएको ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *