धार्मिक पर्यटन प्रर्बद्धन गर्दै रायरायँकोटको महायज्ञ सकियो


आदर्श अनलाइन, बागलुङ

प्राचिन सम्पदाको संरक्षण तथा धार्मिक पर्यटनका प्रर्बद्धन गर्नगर्नको लागि बागलुङ नगरपालिका–७ बौलुङ स्थित रायरायँकोटमा महायज्ञ गरिएको छ ।

नयाँ वषदेखि शुरु भएको महायज्ञ समापन भएको छ । पर्यटकीय क्षेत्रको प्रर्बद्धनका लागि रायरायँकोट समाज समृद्धि महायज्ञको आयोजना गरिएको थियो । अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी श्रीकमलनयनाचार्य [मुक्तिनाथ बाबा] को सत्संकल्पमा पञ्चश्री शुभकामना महायज्ञ अन्तर्गत रायरायँकोट समाज समृद्धि महायज्ञको पूर्णाहुती ९समापन० ०४ः३० मा भएको हो ।

कार्यक्रमबाट विश्व शान्ती, राष्ट्र कल्याण एवं समृद्धिको लागि सामुहिक प्रार्थना गरिएको थियो । मुक्तिनाथ बाबाका उत्तराधिकारी यज्ञचार्य स्वामी श्री बाशुदेव कौन्डिण्य सत्सान्निध्यतामा यज्ञको समापन भएको हो । यज्ञमा धेरै भक्तहरुको सहभागीताका साथै सामुहिक रुपमा मन्त्र उच्चारण, मन्त्र लेखन, भजन संकीर्तन, प्रवचन भएको थियो ।

कार्यक्रमको पहिलो दिन अर्थात् बैशाख १ गते स्वामी कमलनयनाचार्य ९मुक्तिनाथ बाबा० ले सामुहिक प्रार्थना सहित सम्बोधन गर्नुभएको थियो । महायज्ञमा वैशाख १ गते बिहान ०७ः०५ मिनेट्मा बालिएको दीप अखण्ड रुपमा महायज्ञ अवधिभर बालिएको थियो । यज्ञमा गण्डकी क्षेत्र, मुक्तिक्षेत्रको महत्वलाई उजागर गर्दै धर्म संस्कार र संस्कृतिको संरक्षण गर्ने कार्य भएको थियो । कार्यक्रममा करिब विस लाख रुपैया सहयोग संकलन भएको छ ।

कार्यक्रममा बागलुङ नगरका नगरप्रमुख जनकराज पौडेल, संघीय सांसद मनाकुमारी क।सी, संघीय सांसद डा सुर्य पाठक, प्रदेश सभासद इन्द्रलाल सापकोटा, पुर्व राज्यमन्त्रि चम्पा खड्का लगायत विभिन्न पदिय दायीत्वमा रहेका व्यक्तिहरुले रायरायँकोटको विकासका लागि प्रतिवद्दता व्यक्त गर्नुभएको छ । यसैगरी रायरायँकोट समाज समृद्धि महायज्ञ सम्पादन समितिका बरिष्ठ उपाध्यक्ष नन्दलाल पाध्या सचिव पदमबहादुर गौतम कोषाध्यक्ष पुर्ण प्रसाद गैरे निजामति कर्माचारी संगठनका केन्द्रिय सदस्य तेजप्रसाद निउरे लगायतले बोल्नुभएको थियो । साथै महायज्ञको पाँचदिन सम्म हरि गौतमले कार्यक्रम संचालन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *