चैत्रास्टमी मेलाको आयव्याय सार्वजनिक

आदर्श अनलाइन, बागलुङ
बागलुङ कालिका भगवती गुठीले चैत्रास्टमी मेला २०७८ को आयव्याय सार्वजनिक गरेको छ । गुठीले बुधबार पत्रकार सम्मेलन गरि मेलाको आयव्याय सार्वजनिक गरेको हो ।

मेलामा ४४ लाख ६९ हजार ६१ आम्दानी भएकोमा ४० लाख ६२ हजार ९५१ रुपैयाँ खर्च भएको समितिले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । मेलामा सबैभन्दा बढी खर्च राष्ट्रिय लोक दोहोरी प्रतियोगितामा भएको छ । यस प्रतियोगितामा आठ लाख ३० हजार रुपैयाँ खर्च भएको छ ।

त्यस्तै कालिका कप खुल्ला भलिबल प्रतियोगितामा सात लाख, ६ हजार ६३५, छेलो प्रतियोगितामा २६ हजार ६६६ लगायत विभिन्न प्रतियोगिता र अन्य कार्यमा चालिस लाख बढी खर्च भएको गुठीले जनाएको छ ।

त्यस्तै आम्दानी तर्फ कालिका भगवती मन्दिरबाट १० लाख, रमाइलो मेलाबाट पाँच लाख, प्रयोजनबाट ११ लाख लगायत विभिन्न क्षेत्रबाट ४४ लाख ६९ हजार ६१ संकलन भएको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *