श्रीमती उपमेयर, श्रीमान वडा अध्यक्षमा सिफारिस


आदर्श अनलाइन, बागलुङ

नेकपा माओवादी केन्द्र गलकोट नगरपालिकाको उपमेयरमा र गलकोट नगरपालिका–७ मल्मको वडा अध्यक्षमा माओवादी केन्द्र गलकोट नगर कमिटिले श्रीमान श्रीमतीको नाम सिफारिस गरेको छ ।
नेकपा (माओवादी केन्द्र) गलकोट नगर कमिटीले गत स्थानीय तहको निर्वाचनमा उपमेयरमा प्रतिस्प्रधा गर्नुभएको समाजसेवी तथा गलकोट नगर कमिटि सदस्य ललिता थापालाई पुन उपमेयरमा सिफरिस गरेको छ ।

केन्द्रले थापा सहित अन्य चार जनाको साम समेत जिल्ला कमिटिमा पठाएको छ । यस्तै ललिता थापाका श्रीमान समाजसेवी राज बहादुर थापालाई गलकोट नगरपालिका–७ मल्मको वडा अध्यक्षमा सिफारिस गरिएको छ । वडा अध्यक्षमा अन्य दुई जनाको नाम समेत सिफारिस गरेको छ ।
गलकोट नगर कमिटिले लोक गायक तथा गलकोट नगर कमिटिका उपाध्यक्ष विष्णु खत्री, सहित ६ जनालाई मेयरको लागि सिफारिस समेत गरेको छ ।

मेयर पदको लागि नेकपा(माओवादी केन्द्र)गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे ‘अनिल’, प्रदेश सदस्य फमलाल न्यूरे, प्रदेश सदस्य चन्द्रबहादुर थापा ‘शिखर’, गलकोट नगर कमिटी अध्यक्ष तिलक उप्रेती र नगर कमिटी उपाध्यक्ष गंगा भुजेललाई सिफारिस गरेको छ ।

उपमयेरको उम्मेदवारको रुपमा नगर कमिटी उपाध्यक्ष ललित श्रीष, नगर कमिटी सचिव चन्द्रदक्त रेग्मी, नगर कमिटी कोषाध्यक्ष कौषिला घर्ती र नगर कमिटी सदस्य ललिता थापालाई सिफारिस गरेको गलकोट नगर कमिटी अध्यक्ष फमलाल न्यूरेले जानकारी दिनुभयो । ललिता थापा अघिल्लो स्थानीय निर्वाचनमा समेत प्रतिस्प्रधा गर्नुभएको थियो ।

अघिल्लो पटकको निर्वाचनमा समेत उपमेयरमा चुनावी मैदानमा उत्रेको संगै सामाजिक सेवामा गरेको कामका आधारमा आफूलाई उपमेयरको टिकट दिने अपेक्षा गरेको ललिता थापाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *