बागलुङमा चार हजार ८९६ विद्यार्थीहरुले एसईई दिँदै

आदर्श अनलाइन, बागलुङ

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण दुई वर्षदेखि भौतिक रुपमा हुँन नसेको माध्यमिक शिक्षा परीक्षा एसईई यस वर्ष शुक्रबारदेखि शुरु हुँदैछ । बागलुङमा एस वर्ष एसईई परिक्षामा चार हजार ८९६ विद्यार्थी सहभागी हुँदैछन् । जसमध्ये दुई जना दृष्टिबिहिन, ५ जना संस्कृति विद्यालयका बटुकहरु र २५५ प्राविधिक धार तर्फका विद्यार्थी सहभागी हुँने शिक्षा विकार तथा समन्वय इकाई बागलुङले जनाएको छ ।

दुई वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन गरिएको परिक्षा यो वर्ष पुनः विगतको जस्तै परीक्षा केन्द्रहरूमार्फत् सञ्चालन हुन लागेको छ । बैशाख ९ गतेदेखि हुने एसईई परीक्षाको सम्पुर्ण तयारी पूरा भएको जिल्ला शिक्षा समन्वय ईकाई बागलुङले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

बागलुङ जिल्लाभर रहेका १०८ सामुदायिक विद्यालय र ३२ निजी बिद्यालय र एक खुला बिद्यालय गरि जम्मा १४१ वटा बिद्यालयका चार हजार ८९६ जना विद्यार्थी यसपटकको एसईई परिक्षामा सम्मिलित हुँदै गरेको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्यायले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

“दृष्टिविहीन विद्यार्थीका लागि अविभावक सहित आउने व्यवस्था मिलाएका छौं, संस्कृत विषयका लागि छुट्टै तयारी भइसकेको छ, प्राविधक धारका सबै विद्यार्थीहरुको परिक्षा बागलुङ बजारमा एकमुष्ट हुँनेछ, आगमी दिनमा गाउँमा समेत केन्द्र राखिने छ”उपाध्ययाले भन्नुभयो “परिक्षालाई मर्यादित बनाउनका लागि सुरक्षाकर्मी र अनुगमन कर्ता खटाइएको छ, यस वर्ष ग्रेड बृद्धिका लागि ४८ जना विद्यार्थी तोकिएको केन्द्रमा परिक्षा दिने व्यवस्था मिलाइएको छ ।”

यसपटकको एसईई परिक्षा बागलुङ जिल्लामा ३१ वटा परिक्षा केन्द्र कायम गरिएको छ । परिक्षा सम्पन्न गर्न ३१ जना केन्द्राध्यक्ष ३७ जना सहायक केन्द्राध्यक्ष, निरक्षक २४५, परीक्षा सहायक ४९, कार्यालय सहायक ९८ जना र ४६५ जना सुरक्षाकर्मी खटिने उपाध्यायले बताउनुभयो ।

यसपटकको परिक्षमा जनताधन माध्यामिक विद्यालय नारायणस्थानबाट २ जना दृष्टिबिहिन बिद्यार्थी, मुक्तिनाथ वेद विद्याश्रमबाट ५ जना संस्कृत तर्फका बिद्यार्थी, प्राविधिक धारका १० वटा बिद्यालयका २५५ जना बिद्यार्थी एसईई परीक्षामा सहभागी हुदै छन् ।

परिक्षलाई मर्यादित बनाउनका लागि परीक्षाको निरीक्षण, अनुगमन, राष्ट्रिय परीक्षा बोर्ड कक्षा १०, प्रदेश परीक्षा समन्वय समितिका पदाधिकारी, जिल्ला समन्वय समितिका पदाधिकारी, शिक्षा विकास तथा समन्वय इकाई बागलुङ र स्थानीय तहका तोकिएका पदाधिकारी र कर्मचारी बाट हुने ब्यवस्था गरिएको छ ।

बैशाख २० गते भित्रै एसईको सबै परीक्षा सम्पन्न हुनेछ । बागलुङमा रहेका ३१ परिक्षा केन्द्र मध्येसबै भन्दा बढी २७१ विद्यार्थी भानु माध्यामिक विदालय केन्द्र र सबै भन्दा थोरै ६३ विद्यार्थी फ्युचर ब्राइटर बोर्डिङ केन्द्मा परिक्षा दिदै छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *